२५ रुपैँयाको एक वोडी नपत्याएका उनि आज वार्षिक पौन दुइ करोड कमाउने भए,यसरी !!
![]() |
वावु अल्कोहलिक हुनुहुन्थ्यो । कहाँ वस्ने कहाँ सुत्ने टुँगो थिएन । एउटी आमा । साना लालावाला दुई छोरा एक छोरी । खाना सुरुवुरु पुगे पनि पैसाको मुख देख्न गारो थियो । च्यातिएको लुगा । आफुलाई वुझदै देखिको गोठालो । जीवनका पहेली पनि कस्ता कस्ता वुझनै नसकिने र भन्नै नसकिने । भनि हाले पनि मुटु धड्केर आउँछ फोक्सो फुलेर आउँछ । वारंवार भक्कानिँदै एउटा संघर्षशिल छोराको कथा सुने ।
लामो समय भयो । एउटा संघर्षशिल व्यक्तीको कथा लेख्न खोजेको । उनलाई पाउनै गारो । भेट्नै गारो । धेरै प्रयत्न गरेँ यो विचमा । लामै प्रतिक्षा गरे । तर भेट्न सकिन ।
हुन पनि कसरी भेट्नु ती पात्रलाई उनि वस्छन् अमेरिका म वस्छु सिन्धुली । केही समय पहिला देखिनै खोजी गर्दै थिएँ । जीवनलाई संघर्षको भट्टीमा होमेर सफल भएका पात्रहरु को खोजी कहाँ सजिलो हुन्थ्यो र अरुका निम्ती प्रेरणादायी सन्देश दिन सक्ने यस्ता संघर्षशिल सिन्धुलीका छोराहरु साँच्चै दुलर्भ पो लाग्यो त । अरुका निम्ती हारेर भाग्ने हैन संघर्ष गरेर वाँच्न सिकाउने त्यस्तै पात्रको खोजिमा निरंतर लागि रहेको थिँए । वासु मैनालीले एक पटक कपिलाकोट जाँदा यस्तै एउटा पात्रको वारेमा वताए ।
वासु जी कै भनाईमा ती पात्रले जीवन जीउनका लागि कठिन संघर्ष गरे । अनि जीवनलाई एउटा मुकाममा पु¥याए । तिनै पात्रको कथाले मन छोयो । उनि थिए कल्पवृक्ष गाउँ विकास समिति वडा नं. ७ नक्कलीमा जन्मीएका तारा चन्द्र गौतम । उनको प्राय कथा सुनि सकेको थिए । भेट भने कहिल्यै भएन । गत वैशाख १२ को भुकम्प पछी भने उनि सिन्धुली आए ।
म वस्ने रातमाटा डेरा नजिकै तारा चन्द्रले घर वनाएका छन् । उनका भाईलाई पटक पटक दाईलाई भेटाउन अनुरोध गरँे । जसरी हुन्छ भेटाउँछु भने । तर भेट भएन । ती संघर्षशिल युवाको कथा मलाई सुनाउने फुर्सद नै कहाँ थियो र ? उनि लागेछन् आफु जन्मीएको नक्कलीका भुकम्प पीडितलाई सहयोग गर्न अनि लागे कपिलाकोट, सिर्थौलीको विद्यालय वनाउन । धादिङ र सिन्धुलपाल्चोकका भुकम्प पीडितलाई राहात वाँड्न । उनका भाई चन्द्र मलाई भेटाउँछु भन्दै थिए । म पनि भेट्ने आशामै थिएँ ।
एक दिन तिनै भाईले फोन गरे । सिन्धुली आउने भनेको समयमा दाजु विरामी हुनु भएकाले आउन सकनु भएन दाई फोन मै भए पनि कुरा गर्नु हुन्छ ? सोधे । मैले हुन्छ भने झण्डै १ वर्ष देखि निरंतर खोजी गरेका पात्र तिनै तारा चन्द्र गौतम संग फोनमै भने पनि कुराकानी हुने भयो । आश वढेर गयो । अफिसमा गएँ र लाएँ फोन सुरु भयो तीनै संघर्षशिल युवाको कथा ।
…………………………………………………………………………………………………………………………. सिन्धुलीको कल्पवृक्ष गाउँ विकास समिति वडा नं. ७ नक्कलीमा २०३६ सालमा जन्मिएँ । म सामान्य खान सम्म पुग्ने परिवारको सदस्य थिएँ । वुवा अल्कोहलिक (रक्सी अत्यधिक खाने) हुनुहुन्थ्यो । कहाँ खाने कहाँ सुत्ने÷वस्ने टुङ्गो थिएन । घरमा प्राय वास हुँदैन थियो । परिवारको लालन पालन आमाको काँधमा थियो ।
वुझ्ने हुँदै देखि खेतिपाती, घाँसदाउरा र गोठालो जाँदै ५ कक्षा सम्मको पढाई नक्कलीमै सम्पन्न गरेँ । उच्च शिक्षाका लागि कि त कपिलाकोट कित सदरमुकाम त्यो भन्दा नजिकै विद्यालय थिएन । कपिलाकोट वस्ने ठाउँ नभएकाले कमलामाई नगरपालिका १ स्थीत कुँडुले फुपुदिदी कहाँ वसेर जनज्योती मावी फोस्रेटार पढ्ने भएँ ।
आमाले नरमाईलो मानेर कुँडुले ल्याई दिनु भयो । विहान उज्यालो नहुँदै उठ्यो । गोवर सोहो¥यो । कुँडुले शिखरमा गएर घाँसको भारी ल्याएर ९ वजे स्कुल गयो । विस्तारै हिँढ्दा पनि डेडघण्टा वढी लाग्ने त्यो फास्रेटार हाईस्कुल । हात न ओभाउँदै किताव वोकेर दौडिन्थे । कुद्दै कुद्दै गयो । असिन र पसिन भयो । कनिपय दिनमा समयमा नपुगेर सरका गाली खायो । निरिह अनुहार लगाएर टाउको डेक्स्मुनी घुसारो । पढाई निरंत चलिनै रह्यो । (दुःखका दिन सुनाए ।)
फोस्रेटार पढ्दै गर्दा एक दिन नक्कली घर गएँ । घर पुग्नासाथ आमाले खसी काटेको छ । मासु ले भन्नु भयो । म गाउँको खसी काट्ने ठाउँमा गए । एक वोडी मासु आमाले भन्नु भएको थियो । त्यति वेला २५ रुपैँयामा पथ्र्यो । म पिँडालुको पात लिएर गएँ । मासु पोकोपारेर हिँडन लागेको थिए । गाउँलेले मासु खोसे । एस्ले तिर्न सक्दैन किन दिएको भनेर कराउँदै मासु खोसे । यती भन्दै उनि भक्कानिए । (म पनि संगै भक्कानिए ।)
(मैले लामो सास तान्दै सरी मैले भावनामा वगाएँ मलाई माफ गर्नुस् भने ।) उनी दुःखका दिन सम्झदै गए । दैनिक विहान गोवार सोर्नु, घाँस काट्नु, गाठालो जानु रुटिननै थियो । यस्तैमा एसएलसी दिने वेला आयो । पाँच सय फि तिर्नु थियो । फि तिर्ने श्रोत थिएन । रिण कसैले पत्याउँदैन थियो । आमाले दही कोशेली लिएर लो माईला कहाँ जानु भयो पाँच सय रिण काडेर ल्याउनु भयो अनि परिक्षा दिएँ । उनि झन धेरै भक्कानिए । लामो समय वोली हरायो । लामो सास लिँदै फेरी वोले ।
एसएलसी पास भईयो । जीवन अन्धकारपुर्ण थियो । कहाँ जाने के गर्ने टुँङ्गो थिएन । यस्तैमा गाउँकै साथीहरु नेवार साईला, शभ्भु मैनाली काठमाण्डौ जाने कुरा थाहा पाँए । म उनिहरुको साथी थिए । लागे उनिहरु सैगै जान । तिनै जनाको जोरजाम गर्दा ७० रुपैयाँ भयो । काठमाण्डौ जान पुग्दैन थियो ।
हामीले जानी जानी नारायणगढ सम्मको टिकट काट्यौँ । नाईट वस थियो । लास्ट सिटको वसाई । समय संगै नारायणगढ पुगियो । खलाँसीले उठायो । हामी निदाएको वहानामा सुती रह्यौँ । वारंवार उठाउँदा उठेनौँ । उठाउन लात्तै लात्ताले हान्यो । धेरैवेर उठाउन कसरत ग¥यो खलाँसीले उठाउन सकेन । हामी लाचार भएर निदाएको नाटक गरी रह्यौँ । कुनै यात्रुले भो न चलाउ यीनिहरु संग भाडा रैनछ । सुतेको नाटक गरेका छन् । भो न हान । एक यात्रु कराए । भलै त्यो मानवियता भएको यात्रु को थियो हामीले चिनेनौँ । निदाएको नाटक जो गर्दै थियौँ । अझ धेरै समय वोलेनन् ।
काठमाण्डौ पुगियो । भाडा नदिएको भनेर एउटा साथीको झोला दिएन खालाँसीले । वसपार्क झर्दा विहान भयो । गाउँको माझी दाईहरु क्षेत्रपटीमा वस्थे । यो कुरा मेरा साथीहरुलाई थाहा थियो । हामी त्यतै लाग्यौँ । उनिहरु भारी वोक्दा रहेछन् । हामी पनि जुत्ता चप्पलको भारी वोक्नेमा भर्ना भयौँ । केही समय त्यहीँ काम ग¥यौँ । पछी गिट्टी वालुवा वोक्न थाल्यौँ । काठमाण्डौ सहर सुत्थ्यो हामी व्यँझन्थ्यौँ । थकाई भन्ने कमै चाल पाईन्थ्यो । भारी वोक्दा ढाडको छाला धेरै पटक गायो । कयौँ रात अनिदै विते । धेरै दिन भोकै सुतँे । (विगद सम्झँदै गए)
गिट्टि वालुवाको लेवर गर्दा एउटा हातमा राम्रै चोट लाग्यो । उपचार नपाएर अझै साम्रो संग चल्दैन । तै पनि त्यो दशैँमा ९ सय ल्याएर आमालाई दिँदा पाएको खुशी जीवनमै सवभन्दा अविस्मरणिय र आन्द दायक लाग्छ ।
मैले पडाईलाई पनि छोडिन । गिट्टी वालुवाको लेवर गर्दै परिक्षा परिक्षामा आएर सिन्धुली वहुमुखी क्याम्पसवाट आईए पनि पास गरेँ ।
दिन वित्दै गए । मेरो जीवन भारी वोक्न मै वित्दै गयो । व्यस्त हुँदै गयो । मामा (रामशरण अधिकारी) संग गएको पाँचौ महिनामा भेट भयो । त्यसको एक वर्ष पछी मामा टुरिष्ट गाईड हुनु भयो । मलाई टुरिष्ट पोटर (भरिया) वनाउनु भयो । त्यहाँ दुःख थियो तर जीवन जिउन सकिने रहेछ भन्ने भयो । गरौँ भारी वाक्नु मेरो नियती र दैनिकी वन्यो । विगतमा पाएको दुख मेरो जीवन थियो । त्यही दुःखका कारण इमान्दारीता मेरो रगतमा थियो ।
भारी वोक्दै गर्दा जती दुख थियो त्यती पैसा वुझ्दा शुख अनुभुती गर्थेँ । त्यसलाई मैले सदुपयोग गरेँ । दुखले वाटो देखाउँछ भने झैँ मेरा दिन फिर्न थाले । गाउँको पढाई सामान्य थियो । भारी वोक्दै अंग्रेजी सुधार्दै गएँ । एक वर्ष पछी वल्ल पोटर (भरिया) वाट टुरिष्ट गाईड वने । त्यहाँवाट जीवनले कोल्टे फे¥यो ।
मैले यी सवै भोग्दा पाएको अनुभव भनेको इमान्दारिता सवै कुरा रहेछ । म गाईड वनि सके पछी पनि जुन अफिसमा काम गर्थे त्यहाँ अफिस खोल्ने, चिया पकाउने, टेवुल पुच्छ्ने र अन्तिममा अफिस वन्द गरेर हिँड्थेँ । भनौँ भने निरंतर २४ घण्टा सम्म काम गरेँ ।
मैले गरेको मिहिनेत र इमान्दारिता देखेर एक पटक म संग गएको टुरिष्ट (विदेशी पाहुना) फेरी मलाईनै खोज्थ्यो या उस्ले अरुलाई सिफारिस गथ्र्यो । मैले यो पेशा ६ वर्ष निरंतर अँगालेँ । यो विचमा मैले दिएको सर्विस (सेवा) मन पराएर टिप्स, कमिसन राम्रो आउन थालेको थिायो । यहाी पनि मैले १ लाख ७० हजार सम्म मैनाको कमाउन थालेको थिएँ । (वल्ल हाँसो सुनिन्छ फोनमा) त्यही पैसाले कुँडुलेमा जग्गा जोडेँ ।
गाइड वन्दै मैले एसियाका अधिकाँस देश घुमेँ । मलाई मन पराउने एक जना अमेरिकन नागरिक क्यामिग्रे रक्नीफेलले अमेरिकाका लागि स्पोन्सर गरे । अमेरिकाको लागि भिस्सा लाग्यो । जाने वेला भयो फेरी पैसाको समस्या आयो । मैले कल्पवृक्ष नक्कलीको १८ कट्ठा वारी, १६ कट्ठा खेत, घर, गोरु २ लाखमा वेचेर टिकट किनेँ । म अमेरिका पुगेँ पुगे । त्यहा पनि मैले धेरै दुख गरेँ । काम गर्दै पेट्रोलिएम असिस्टेन्ट इन्जिनिय पढेँ । त्यहाँवाट भने मेरो जीवन आर्थिक रुपले चल्न सक्ने हुन थाल्यो ।
मेरो वार्षिक वचत तलववाट १ लाख ६० हजार डलर (नेपाली १ करोड ६० लाख) हाराहारीमा छ । मैले अमेरिकामै पनि ३ वटा घर वनाएको छु त्यसवाट वैँकलाई किस्ता तिरेर मासिक ३ हजार डलर (तिनलाख रुपैँया) वचत हुन्छ । यो हेर्दा पौने दुईकरोड वार्षिक कमाउने भएँ । ९ सय कमाउँदा र वार्षिक पौने दुई करोड कमाउँदाको तुलना गर्छु कहिलेकाँही हाँस्दै भन्छन् उनि ।
…………………………………………………………………………………………………………………………. २५ रुपैँयाको एक वोडी नपत्याएका तारा चन्द्र । आज वार्षिक पौन दुइ करोड कमाउने भए । उनि यतीमै सिमित भएनन् । आफुले पाए जस्तो दुख अरुले नपाउन् भनेर । आफु जन्मेकै विद्यालयको शिक्षा सुधारका निम्ती शिक्षक सहयोगका निम्ती लामो समय वार्षिक ५० हजारका दरले सहयोग गरे । भेने केही विद्यार्थीलाई छात्रवृती दिए । पर्यटकको भारी वोक्दै फोस्रेटार माविलाई प्रारम्भीक दिनमा सहयोग गरेका थिए ।
अहिले आफुले पढेको त्यो विद्यालय चल्न सक्ने भयो त्यसैले उनले कपिलाकोट गाउँ विकास समिति वडानं. ४ सिर्थौली भन्ने स्थानमा ७ कोठे भवन आफ्नै खर्चमा वनाई दिँदैछन् । त्यहाँका वालवालिका अवस्था आफ्नो विगत जस्तै महशुस भएकाले सहयोग गरेको वताउँछन् ।
त्यहाँका वालिवालिकालाई सहयोग गर्न वुवा जिवनाथ फाउण्डेशनको नाममा संस्था दर्ता गरेर विगतमा आफु जस्तै दुःख पाएका वालवालिकाको शिक्षामा सघाउने तयारीमा छन् ।
अहिले आएको मौकामा पनि उनि भुकम्प पीडित परिवारका घरटहरा वनाउन वनाउनकै लागि कल्पवृक्ष, कपिलाकोट र कुँडुले पुगेर सहयोग गरे । आफु संगै अमेरिकामा रहेका साथिहरुको सहयोगमा धादिङ र सिन्धुपाल्चोकका गाउँ वस्ती पुगे ।
सार्वजनिक सहयोगको यो मेरो पाईला वामेसराईको हो । विस्तारै वढाउँदै लाने छु । अहिले मैले सहयोग गर्दै गर्दा १७ वर्ष पहिलेकै अवस्थामा छु भन्ने भान हुन्छ । मैले भोगे अरु कसैले भरसक भोग्न नपरोस् भन्ने लाग्छ । यही अभिप्रायलय सहयोग गर्ने गरेको छु भन्छन् तारा चन्द्र ।
आमा, वुवा, वैनी र भाई यही छन् । अमेरिकामै उनले कोरियन केटी संग विवाह गरे । एउटी छोरी छिन् ।
…………………………………………………………………………………………………………………………. हो तारा चन्द्रको यो जीवनवाट अहिलेको पुस्ताले धेरै सिक्न सक्छ । दुःख पर्दा क्षणभरमै आतिने र सुख हुँदा मात्तिएर भुँइमै खुट्टा नटेक्ने अहिलेका युवाहरुका निम्ति साँच्चै प्रेरणादायि कथा हो यो । यसवाट जीवनमा हरेस नखाई गरिएको सघर्षले मुकाम एक दिन पक्कै भेटिन्छ भन्ने प्रष्ट छ ।
लामै पो भो त धन्यवाद तारा चन्द्र आफ्ना विगतको पोको खोलेकोमा । धन्यावाद भाई चन्द्र संयोजन गरी सहयोग गरेकोमा ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News

0 comments