Hindi Films

मध्यराति धरानमा मालपोत र नापी कार्यालय

Unknown | 21:59 | 0 comments


२०७२ जेष्ठ २३ शनिबार
फोटो :फाइल फोटो
सोमबारदेखि दैनिक काम शुरु हुने 
धरान : सुनसरीको धरान उपमहानगरपालिकामा सरकारले शुक्रबार मध्यराति मालपोत र नापी कार्यालय स्थापना गरेको छ । 
 
सदरमुकाम इनरुवाबासीको विरोधपछि स्थगित सेवा केन्द्र अन्ततः धरानमा स्थापना भएको छ । शुक्रबार मध्यरातमा आवश्यक कागजपत्रसहित मालपोत र नापाी कर्मचारी धरान आएर दुबै कार्यालय स्थापना गरेका हुन् । 

सरकारले चालु आर्थिक वर्षको सुरुमै धरानमा मालपोत र नापीको सेवा विस्तार गर्ने निर्णय गरी पक्रिया अघि बढाएको थियो । 
 
तर इनरुवाबासीले विरोध गरेपछि धरानमा मालपोत र नापी स्थापनामा ढिलाइ भएको थियो । शुक्रबार मध्यराति मालपोत र नापीका सबै कागजपत्र धरान उपमहानगरपालिकाको कार्यालयमा राखिएको छ । 

शनिबार र आइतबार दुबै कार्यालयको व्यवस्थापन गरी सोमबारबाट दैनिक सेवा शुरु गरिने मालपोत कार्यालय धरानका प्रम्ख उपसचिव श्रवणकुमार पोखरेलले बताए । 

भूमिसुधार मन्त्रालयले उपसचिव पोखरेल, २ जना शाखा अधिकृत, ८ जना नायव सुब्बा, एक जना लेखापाल, ३ जना खरिदार, २ जना कम्प्युटर अपरेटर र ४ जना कार्यालय सहयोगीसहित २१ ज्ना कर्मचारीको दरबन्दी पठाएर मालपोत कार्यालयको स्थापना गरेको छ । 

त्यस्तै नापी विभागले नापी अधिकृत कृष्णराज न्यौपानेसहित १५ जना कर्मचारीको दरबन्दी सहित धरानमा नापी कार्यालय स्थापना गरेको छ । नापी कार्यालय धरानका प्रमुख न्यौपानेले पनि सोमबारबाट धरानबासीलाई सेवा दिने बताएका छन् ।  

मालपोत र नापी कार्यालय खुलेपछि धरानबासी खुसी भएका छन् । एमाले धरानका कार्यबाहक अध्यक्ष तथा मालपोत स्थापना संघर्ष समितिका सचिव नारायण सुवेदीले आफनै पार्टीका सामान्य प्रशासन मन्त्री र भूमिसुधारमन्त्री भएकाले धरानमा मालपोत र नापी स्थापना गर्न सकिएको दाबी गरे। 

कांग्रेस सुनसरी क्षेत्र नम्बर १ का सचिव सुजेन्द्र तामाङले पनि धरानमा मालपोत र नापी कार्यालय स्थापना गरेकोमा सरकारलाई धन्यवाद दिए । 


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments