‘कि मर्न देऊ, नत्र बलात्कारीहरुलाई फाँसी देऊ’
![]() |
तीन महिनामा तीन सामुहिक बलात्कार
राजविराज : छजनाले सामुहिक बलात्कार गरेपछि आत्महत्या प्रयास गरेकी १८ वर्षीया किशोरीको बयानलगत्तै बलात्कारी अमिरकान्त चौधरीलाई प्रहरीले पक्राउ गर्यो ।
पक्राउ परेका सीतापुर–९ इटहर्वाका १९ वर्षीय अमिरकान्त अदालतको आदेशबाट गत मंगलबार पुर्पक्षका लागि राजविराज कारागारमा थुनिएका छन् । घटनामा संलग्न अन्य फरार छन् ।
एक वर्ष अघि राखेको प्रेम प्रस्ताव अस्वीककृत भएपछि उनले पाँचजना साथीको सहयोगमा सीतापुर–३ स्थित आँप बगैचामा सामुहिक बलात्कार गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी निरीक्षक मेघराज थापाले बताए ।
अमिरकान्तले एक वर्ष अगाडि कक्षा नौ मा पढिरहेकी किशोरीसँग प्रेमप्रस्ताव राखेका थिए । किशोरीले ठूलो भएपछि यसबारे सोचाँैला, पहिले पढाई सकौ भनेकी थिइन् ।
किशोरीको अन्य युवकसँग उठबस देखेपछि रिसाएका अमिरकान्तले प्रसवनी–३ का २० वर्षीय निरन चौधरीसँग मिलेर बलात्कार गर्ने योजना बनाए । यसबारे सुइँको पाएका अन्य चारजना पनि त्यो रात आँप बगैचा नजिकैको बाँसघारीमा लुकेर बसेका थिए ।
पीडित किशोरीका अनुसार गत वैशाख ३० गते राति घर अगाडि आएर अमिरकान्तले पटक–पटक फोन गरेपछि उनी घरबाट निक्लेकी थिइन् ।
अमिरकान्तले किशोरीलाई ५÷७ मिनेटको पैदल दुरीमा रहेको आँप बगैंचामा पु¥याइरहेका बेला अर्का एक जनाले पछ्याए, आँप बगैचामा पुगेपछि बाँसघारीमा लुकेर बसेकाहरु निक्लिए र घेरे अनी पालैपालो बलात्कार गरे ।
घटनाको अनुसन्धानबाट छ जनाको समूहले ती किशोरीलाई झण्डै एक घण्टा बलात्कार गरेको र प्रसवनी–३ का निरन चौधरीले फोटोसमेत खिचेको पत्ता लागेको छ ।
अमिरकान्त र निरनबाहेक अन्यले मुखमा मास्क लगाएकोले चिन्न नसकेको किशोरीले बताइन् । तर अमिरकान्तका अनुसार मास्क लाउनेहरु प्रसवनी–३ का २० वर्षीय सन्तोष चौधरी, १९ वर्षीय सुनिल चौधरी, १८ वर्षीय प्रेम चौधरी र अनील चौधरी हुन् । सन्तोषकी पत्नी माइत गएकी थिइन् भने अन्य पाँचजना युवक अविवाहित छन् ।
बलात्कारको पीडामाथि नाङ्गो फोटो फेसबुकमा हाल्ने बलात्कारीको धम्कीले उनी त्यो रात सुत्न सकिनन् । फोटो सार्वजनिक भए घरपरिवारकै बेइज्जत हुने तनाव सहन नसकी उनी वैशाख ३१ गते विहान लुगा सिलाउन दर्जीकहाँ जाने भन्दै घरबाट निक्लिइन् ।
एक सय रुपैयाँ लिएर घरबाट निक्लेकी उनले बस भाडावापत ५० रुपैयाँ दिइन् र ३० किलोमिटर पूर्व रहेको सप्तकोशी नदी पुगिन् । भारदह–१ स्थित कोशी ब्यारेजको ५१ र ५२ नम्बरको ढोकाको प्वाँलबाट छिरेर तल डुपाटवालमा ओर्लेकी उनले बाँकी ५० रुपैयाँ नदीमा चढाइन्, मुखको मास्क फ्याँकिन्, आँखामा रुमाल बाँधिन र पानीमा हाम्फालिन् ।
त्यतिखेरै उनलाई देख्ने माझीहरुले बचाए । डुङ्गामा बसेर माछा मारिरहेका भारदह–१ का उचितलाल मुखियाले पौड्दै किशोरीलाई पानीबाट निकाले भने शनिचर मुखियाले डुङ्गामा चढाएर किनारमा ल्याए ।
उचितलालका अनुसार त्यसपछि पनि किशोरीले मर्न दिन अनुनय–विनय गरिरहिन । किशोरी भन्दै थिइन्, ‘मर्नुको विकल्प छैन्, मलाई मर्न दिइयोस््, नत्र अपराधीहरुलाई फाँसी दिइयोस् ।’
सोही बेला कोशी व्यारेजमा चलचित्र बाजिगरको सुटिङ्गमा आएका कलाकारको सुरक्षार्थ खटिएका इप्रका भारदहका प्रहरी घटनास्थल पुगेर बलात्कारीलाई कारवाही हुने विश्वास दिलाए ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपमा प्रहरीले बयान लिएपछि पीडित किशोरीले पनि सबै कुरा बताइन् । प्रहरीले वैशाख ३१ गते मुद्दा दर्तासँगै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीडितको स्वास्थ्य परीक्षण र अमिरलाई पक्राउ गरी कानूनी कारवाही प्रक्रिया अगाडि बढायो ।
किशोरीलाई बचाउने दुई माझीलाई पुरस्कारस्वरुप जनही एक हजार दिने बताउँदै इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी निरीक्षक थापाले फरार बलात्कारीलाई छिट्टै पक्राउ गरिने बताए ।
अहिले पीडित किशोरीको एउटै माग छ, ‘बलात्कारीहरुलाई फाँसी देऊ, जसबाट अरुले यस्तो जघन्य अपराध गर्ने कल्पना पनि नगरुन् ।’
तीन महिनामा तीन सामूहिक बलात्कार
सप्तरीमा यो समेत तीन महिनाको अवधिमा तीन बालिका सामुहिक बलात्कारका शिकार भएकी छन् ।
१४ वर्षीया बालिकाको मल्हनमा–४ स्थित पथहरवा खोलानजिकको आँप बगैचामा गत फागुन १४ गते राति ७ बजे सामुहिक बलात्कार भयो ।
सामुहिक बलात्कारको आरोपमा मल्हनमा ४ का २९ वर्षीय बरुण राम र कुशहा ३ का १८ वर्षीय बिनोद दासलाई अदालतले गत चैत १५ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ ।
मलहन्मा–४ का १९ वर्षीय किशोर सरदार र मलहन्मा ५ का २१ वर्षीय अरविन्द साह हालसम्म पक्राउ परेका छैनन् । यसैगरी १६ वर्षीया बालिकालाई सातजनाको समूहले सदरमुकाम राजविराज–५ मा गत चैत १३ गते साँझ सामुहिक बलात्कार गरे ।
आरोपित तेरहौता–३ का २५ वर्षीय जितेन्द्र मण्डल खंग गत वैशाख २४ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनिएका छन् । सुनसरी सतेरजोरा २ का १८ वर्षीय दिपक खेरवार यादव साधारण तारेखमा रिहा भएका छन् ।
आरोपितहरुमध्ये पक्राउ नपरेका मलेठ ७ का २१ वर्षीय फुदिन खान, नर्घो ९ का २० वर्षीय दिपेशकुमार यादव, राजविराज ३ का २४ वर्षीय शम्भु साह, राजविराज ५ का २८ वर्षीय नविन दत्त र २५ वर्षीय कमल साहलाई वारेण्टसहितको प्ुर्जी जारी भएको छ ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
0 comments