Hindi Films

सलमानसँग चलचित्र खेल्न मानिनन् कंगनाले

Unknown | 06:39 | 0 comments


salman-and-kangana
बलिउडमा सलमान खानसँग चलचित्र खेल्न हरेक नायिका लालयित हुन्छन् । सलमानको चलचित्रमा आइटम डान्स गर्न भएपनि मै हुँ भन्ने नायिका तयार हुन्छन् । तर, उनै सलमानसँग एक चर्चित नायिकाले भने काम नगर्ने बताएकी छिन् ।
लगातार हिट चलचित्र दिएकी नायिका कंगना रनावतले सलमान खानसँग चलचित्र खेल्न गरिएको प्रस्तावलाई अस्विकार गरिदिएकी छिन् । सलमान खान अली जफरको चलचित्र ‘सुल्तान’मा काम गर्दैछन् । यो चलचित्रका लागि नायिकाको खोजी भैरहेको छ । यसका निर्माताले नायिका रनावतलाई अफर गरेका थिए ।
तर, कंगनाले सलमानसँग चलचित्र खेल्न मानिन् । कंगनाले आफू अर्को चलचित्रको छायांकनमा व्यस्त हुने भएकाले समय नमिल्ने बताउँदै सलमानसँग काम गर्ने अफर टुक्राएकी हुन् । हुनत, कंगना चलचित्रमा नायक सरह आफ्नो पनि भूमिका हुनुपर्ने बताउँछिन् । सायद, सलमानको चलचित्रमा आफू ओझेलमा पर्ने देखेर उनले यो अफर नकारेको हुनसक्छ ।
सलमान खान यो चलचित्रमा ४० बर्षका बक्सरको भूमिकामा देखिदैछन् । उनी अहिले यसका लागि शरीर बनाउन लागेका छन् ।

Category:

0 comments