Home �
News
� आजको राशिफल: वि.सं.२०७२ साल जेठ २७ गते। बुधबार। सन् २०१५ जुन १० तारिख।
Unknown |
12:10 |
0
comments
 |
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

फाइदाका पछि लाग्दा छर–छिमेकमा भने असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काममा बाधा पुग्न सक्छ, होसियारीसाथ जुट्नुपर्ने समय छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आयआर्जन बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनुका साथै प्रशस्त लाभ मिल्नेछ। पढाइमा प्रगति र नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा सामान्य र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ। पितृधनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अवसरका लागि अलि जोखिमपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। नोकरी र राजनीतिमा पनि केही समस्यापछि फाइदा हुनेछ। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ। मानमर्दन गर्नेहरू सक्रिय रहनेछन्, सचेत रहनुहोला। अनावश्यक खर्च हुने योग छ, सचेत रहनुहोला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ। गरेका कामबाट धेरैलाई फाइदा होला। सामाजिक काममा रुचि बढ्नेछ। तर, अरूका काममै समय बित्नाले निजी काम भने पूरा गर्न नसकिएला। अस्वस्थताका बाबजुद सामाजिक दायित्व बढ्नेछ। सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। विगतका समस्या बल्झिन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। सुखद दाम्पत्यमा रमाउने समय छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यापारमा भने तत्काल लाभ नमिल्न सक्छ। यात्रामा केही समस्या आउलान्। बाध्यताले अल्झाउन सक्छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। नगरेका गल्तीको सजाय भोग्नुपर्ला। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। शत्रुहरूले केही दुःख दिन सक्छन्। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। तत्काल कमजोरीको अनुभूति भए पनि केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस्। रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ। मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्नेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। प्रशस्त धन आर्जनको मौका छ। कृषिमा लगानी बढ्नेछ। नयाँ काममा हात हाल्ने बेला छ। पुरानो समस्याले दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

विभिन्न अवसर पाइनेछ। तर, समयमा काम सम्पादन नहुनाले अवसर फुत्कने सम्भावना छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन नसकिएला। द्विविधा बढ्नाले निर्णायक क्षमतामा कमी आउला। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विशिष्टजनसँग भेटघाट गर्दै प्रतिष्ठित काम गर्ने मौका छ। विभिन्न उपहार पाइएला। आत्म–विश्वास बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। नयाँ काम पाइने योग छ। योजनाबद्ध काममा भने अलि बाधा पुग्ला। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ।
 |
Category:
News
0 comments