Hindi Films

बिग्रियो ज्याकिलन र सलमानको सम्बन्ध, ज्याकलिन ‘किक २’ बाट आउट

Unknown | 06:48 | 0 comments


बलिउडमा सलमान खानलाई मुडी स्वभावका नायकको रुपमा चिनिन्छ । जब, उनी कसैलाई साथ दिन्छन् त पूर्ण रुपमा निभाउँछन् । तर, जब सलमानको कसैसँग सम्बन्ध बिग्रन्छ त, पूर्ण रुपमा नै ध्वस्त हुन्छ ।
चलचित्र ‘किक’को प्रदर्शनको समयमा सलमान र श्रीलंकाकी सुन्दरी ज्याकलिन फर्नान्डेजको निकटता खुबै देखियो । सलमान र ज्याकलिन गुपचुप रुपमा प्रेममा छन् भन्नेहरु पनि भेटिए । तर, यो सम्बन्ध लामो समय टिकेन । अहिले ज्याकलिन र सलमानको सम्बन्ध बिग्रिएको छ ।
यसको उदाहरण सलमान खान जब ‘हिट एन्ड रन केस’को फैसलामा अडि्कएका थिए, त्यतीबेला नै देखिएको थियो । सिंगो बलिउडले सलमानलाई साथ दिदा ज्याकलिन हराइन् । अब, उनै ज्याकलिनलाई सलमानले चलचित्र ‘किक’को सिक्वेलबाट किक आउट नै गरेका छन् ।
प्रेम सम्बन्धको चर्चा चलेपछि ज्याकलिनले सलमानसँग सम्बन्ध टाढा बनाएकी थिइन् । अहिले उनी यसैको नजिता भोगिरहेकी छिन् ।
दुबइमा आयोजना भएको एक अवार्ड समारोहमा यो कुराको पुष्टी गर्दै सलमानले भने-‘हो म साजिदसँग फेरि काम गर्दैछु । तर, यो पटक ‘किक’को सिक्वेलमा ज्याकलिन नभएर कुनै नयाँ नायिकालाई अवसर दिइनेछ ।’
सलमानले निर्माण गरिरहेको चलचित्र ‘हिरो’मा पनि ज्याकलिनले एक आइटम गीतमा नृत्य गर्ने भन्दै तयारी सुरु गरिएको थियो । तर, पछि चलचित्रको समय लामो भएको भन्दै उक्त आइटम गीत नै चलचित्रबाट हटाइएको थियो ।

Category: ,

0 comments