छोरीको मृत्यु कुर्दै कुवेतदेखि नेपालसम्म....बलात्कारीले यस्तो बनायो !
![]() |

सरस्वती भट्टराई (नाम परिवर्तन) विगत १५ दिनदेखि शिक्षण अस्पताल महाराजगंजको चिल्ड्रेन वार्डमा आफ्नो २० महिने छोरीको मृत्यु कुरिरहेकी छन्। जन्मदै सेरेब्रल पल्सीबाट पीडित छोरीलाई लगभग १९ महिना कुवेतको फर्वानिया र सवा हस्पिटलको आइसियुमा राख्दा पनि निको नभएपछि आइसिआरसि र पौरखीको सहयोगमा उनी १५ दिनअघि नेपाल आई शिक्षण अस्पतालमा छोरीको उपचार गराइ रहेकी छन्।
‘छोरीको हालत एकदमै नाजुक छ, अस्पतालले निको हुन सक्दैन घर लैजानुस् भनेको पनि ल्याउने वित्तिकैदेखि हो। तर मेरो जाने ठाउँ कतै छैन त्यसैले म यही छोरीको मृत्यु कुरीरहेही छु,’ सरस्वतीले भनिन्।
२०६९ साल माग २८ गते सरस्वतीको लागि विशेष दिन थियो। एक छोरा एक छोरीको उचित लालन पालन, पढाइ र सहज जीवन जिउने सपना बोकेर उनी कुवेत उड्दै थिइन्।
इलामबाट २७ गते काठमाडौं आइन् र गोगंबुको एउटा गेष्ट हाउसमा बास बसिन्। गेष्ट हाउस पुगेर कोठासम्म छिरेको र कसैले उनलाई छुर्पि खान आग्रह गरेको मात्र उनी सम्झन्छिन्। ‘त्यस पछि के भयो कसो भयो केही थाहा छैन, भोलिपल्ट बिहान उठ्दा शरीर भारी भएको महशूस भयो’, सरस्वतीले भनिन्।
अधिल्लो राति आफूमाथि जर्वजस्ती भएको थाहा पाएर सरस्वती निकै रोईन्। पछि जसोतसो आफूलाई सम्हालेर राति ९ बजे उनी कुवेतको लागि प्लेन चढिन्।
कुवेतको फर्वानीय भन्ने ठाउँमा उनले घरको काम गर्नुपथ्यो। घर मालिक त्यति नराम्रा मानिस थिएनन्। तर, काम भने निकै कडा गर्नु पर्थ्यो। बिहान ४ बजे उठेर बेलुका १०/११ बजेसम्म एक छिन् फुर्सद हुँदैन थियो। महिनाको १९ देखी २० हजार कमाई हुन्थ्यो। काम कडा भए पनि पैसा समयमै पाइन्थ्यो राम्रै थियो।
तर, अचानक एक दिन सरस्वतीलाई आफू गर्भवति भएको महशूस भयो। उनले त्यो कुरा घर मालिक्निलाई भनिन्। मालिक्निले गर्भवति भएपनि अब तैले काम गर्नुपर्छ तलाई हामीले किनेर ल्याएका हौं भनिन्। गर्भवति अवस्थामा कडा परीश्रम गर्नुपर्दा सरस्वतीको हात खुट्टा सुनिए। उनी विरामी परिन्। उनले घर मालिक्निलाई अस्पताल लगि दिन आग्रह गरिन्। तर, घर मालिक्निले न त कहिलै अस्पताल लगिन् नत गर्भवति अवस्थामा खानुपर्नै औषधि तथा खाने कुरा नै खुवाईन्।
अस्पताल नै नगई कुनै औषधि नै नगरि ९ महिनामा सरस्वतीलाई सुत्केरी बेथा लाग्यो। सुत्केरी वेथा लागेपछि घर मालिकले उनलाई अस्पताल लैजान गाडी निकाले। सरस्वतिले बिच बाटो मै छोरीलाई जन्न दिइन्। ‘त्यस दिन अत्याधिक मात्रामा सडक जाम थियो। बच्चा जन्मेपछि पनि २ घण्टा कार मै बस्न पर्यो। कारमा श्वास फेर्नपनि गाह्रो थियो। त्यसैले होला छोरीलाई यस्तो रोग लाग्यो’, आँशुको बलिन्द्र धारा झार्दै सरस्वतीले भनिन्।
अस्पताल पुगेपछि बच्चालाई सिधै आइसियूमा राख्नुपर्ने कुरा भयो। घर मालिकले बच्चा र आमालाई अस्पतालमै छाडेर गए। कता कताबाट सरस्वतीको सम्पर्क आइसिआरसिसम्म पुग्यो र सहयोग मागिन्। त्यसपछि उनले १९ महिना छोरीको स्वास्थ्य आज ठीक हुन्छ कि भोलि ठीक हुन्छ भन्दै काटिन्। बच्चाको अवस्था सुध्रने अवस्था नभएपछि कुवेत अस्पतालले नेपाल लैजान भन्यो र सरस्वती बिरामी छोरी बोकेर जेठ १५ गते नेपाल आइन्। अनि पौरखी नामक एक संस्थाको सहयोगमा शिक्षण अस्पताल पुगिन्।
शिक्षण अस्पतालमा आसियू खाली नभएको भन्दै १९ महिनादेखि आसियूमा राखिएको बच्चालाई सिधै अक्सिजन दिएर वार्डमा राखिएको छ। बच्चाको उपचार गरिरहेका डाक्टर दिन दयालु घिमिरेले भने “बच्चालाई सेरेब्रल पल्सी (जन्मिदैदेखि दिमागमा रगत वा अक्सिजन नपुगेकाले बच्चाको दिमागको विकास नभएको,’रोग लागेको छ।’
डाक्टर घिमिरेका अनुसार गर्भवति अवस्थामा आमाले उचित औषधि तथा खानपान गरेको छैन वा गर्भवति अवस्थामा कडा परिश्रम गरेको छ भने बच्चामा यस्तो समस्या देखिन्छ। अनि बच्चा जन्मेपछि अक्सिजन वा रगतको अभाव भयो भने पनि बच्चामा यस्तो समस्या देखिन्छ।
बच्चाको अवस्था नाजुक छ। ‘हामीले गर्न सक्ने जति गरिसक्यौं अब गर्न सक्ने केही छैन। त्यसैले घर लगेर राखे हुन्छ,’ डाक्टर घिमिरेले थपे।
यता सरस्वतीको भने जाने ठाउँ कही छैन। सरस्वतीको छोरीको उपचार गरिरहेको पौरखीले पनि केही गर्न सकिरहेको छैन्। विदेशबाट समस्यामा परेर फर्केकाहरूलाई सहारा दिँदै आएको पौरखीसँग बच्चा राख्ने सेल्टर नभएकाले सरस्वती र उनको छोरीलाई राख्ने ठाउँ नभएको पौरखीको महासचिव सत्रकुमारी गुरुङले भनिन्।
‘यो बच्चा श्रीमानको होइन श्रीमानले घरमा जाने ठाउँ छैन। माइतीले पनि आइज भनेनन् उल्टो मलाई अब के गर्छेस् त भनेर सोधे’ सरस्वतीले भनिन्, ‘पैसा भएको भए पनि कतै गएर बस्थे त्यो पनि छैन्, डाक्टरले आजै जा भोलिनै जा भनेर हैरान पारिसके अब कहाँ जाने? के गर्ने? कस्तो जिन्दगी लिएर जन्मिएछ नि हजुर! अब म यस्तो विरामी छोरी लिएर कहाँ जाउँ?’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments