ताप्लेजुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो !
![]() |
ताप्लेजुङ, जेष्ठ २८ । ताप्लेजुङको बिकट पश्चिमी क्षेत्रका बिभिन्न गाउंहरुमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३६ जना पुगेको छ भने आठ जना गम्भिर घाईते भएका छन् ।
मृतकमध्ये लिङतेपका चमेली लिम्बू र मनमाया लिम्बु, लिवाङका देबेन्द्र लिवाङ, खोक्लिङका सबिन मादेन र बसन्त बिकको मात्र सनाखत भएको छ ।
ताप्लेजुङका लिबाङ, थोक्लिङ, थिङलाबु र लिङकेत गाविसको सबै वडामा एकै चोटी भिषण पहिरो जांदा उनिहरुको मृत्यु भएको हो ।
यि गाविसबाट अझै केही स्थानिय सम्पर्कमा नआईसकेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । खामलुङ गाविसका केही वडामा पनि पहिरो गएको छ ।
मृत्यु भएकाहरुमध्ये लिबाङ १ बाट १२ जनाको शव, लिबाङ २ बाट आठ जनाको शव, लिवाङ ३ बाट चार जनाको शव, लिङकेतबाट तीन जनाको शव, थिङलावुबाट पांच जनाको शव, खोक्लिङबाट २ जनाको शव र सान्थाक्राबाट दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
पश्चिमी ताप्लेजुङका ६ गाविसका खोला आसपास र डांडामा रहेका दुई दर्जन बढी घर पहिरोले बगाएको हो ।
पहिरोले लिङतेप, खोक्लिङ, लिवाङ र थिङलावु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् ।
बर्षा भईरहेको र खोल्सा तथा खोला बढेका कारण उद्धारमा समेत कठीनाई भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
उद्धारको लागि काठमाडौंबाट समेत सेनाको हेलिकप्टर ताप्लेजुङ गएपनि खराव मौसमको कारण घटनास्थल पुग्न सकेको छैन ।
स्थानीय प्रहरी र स्थानीय सर्वसाधारण अहिले प्रभावित स्थानमा उद्धारमा खटिएका छन् । उता, गएराती नै ताप्लेजुङको म्याङखामा पनि पहिरो जांदा मेची राजमार्ग अवरुद्ध बनेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments