चारै नेता फाइदै–फाइदामा, कसलाई के फाइदा ?
![]() |
काठमाडौं,जेठ २६ – १६ बुँदे सहमति कार्यान्वयन हुन सके प्रधानमन्त्री सुशील कोइराला एवं कांग्रेस सभापति सुशील कोइरालाले संविधान जारी गरेको जस पाउनेछन् । पहिलो संविधानसभा संविधान जारी नगरी भंग भएको अवस्थामा यो उनको ठूलो राजनीतिक उपलब्धि हुनेछ ।
संविधान जारी भए त्यसपछिको सरकारको नेतृत्वमा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वभाविक दाबेदारी रहनेछ । एमाओवादी र मधेसी मोर्चाका कटु आलोचक ओलीले नै पार्टीलाई ८ प्रदेशमा सहमत गराएका हुन् ।
संविधान जारी भए त्यसपछिको सरकारको नेतृत्वमा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वभाविक दाबेदारी रहनेछ । एमाओवादी र मधेसी मोर्चाका कटु आलोचक ओलीले नै पार्टीलाई ८ प्रदेशमा सहमत गराएका हुन् ।
सबैभन्दा पहिले संविधानसभाबाटै संविधानको नारा दिएको एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले पछिल्ला दिनमा संविधान निर्माणको नेतृत्व लिए । सरकार परिवर्तनको खेललाई संविधान निर्माणमा बदल्ने पनि उनी नै हुन् ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार मधेसी मोर्चाको अधिकांश घटकको विरोधका बाबजुद संविधान निर्माणमा सहमत भएका छन् । भावी राजनीतिक समीकरण र सरकारमा उनी महत्वपूर्ण भूमिकामा हुनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments