यस कारण सहमति भएन सर्वदलीय बैठकमा
![]() |
काठमाडौं, कार्तिक ८ । प्रमुख राजनीतिक दलहरुबीच राष्ट्रपति–उपराष्ट्रपति पदका लागि हुने निर्वाचनमा सहमति जुटाउन आइतबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।
बैठकमा व्यवस्थापिका–संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र सरकारको नेतृत्व
गरिरहेको दोस्रो ठूलो दलबीच राष्ट्रपति–उपराष्ट्रपति पदमा आ–आफ्नै दाबी भएपछि सहमति जुट्न नसकेको हो ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति पदमा कांग्रेसले एमालेलाई सघाउनुपर्ने तर्क गरे ।
तर कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले संसदको ठूलो दलको हैसियतले सो पदमा कांग्रेसको दाबी स्वाभाविक भएको जिकिर गरेका थिए । उनले राष्ट्रपति पदका लागि आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै सहमतिका लागि प्रयास जारी राख्ने बताए ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीय निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिएर सहमतीय राजनीतिबाट आफूलाई अलग्याएको तर्क गर्दै राष्ट्रपतिका लागि हुने निर्वाचनमा उसले एमालेको साथ खोज्नु निरर्थक रहने बताए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments