Hindi Films

डिभेलियर्सको बिस्फोटक ब्याटिङपछि भारतसामु दक्षिण अफ्रिकाको ४ सय ३९ रनको चुनौती

Unknown | 05:51 | 0 comments


मुम्बाई – कप्तान ए बी डिभेलियर्सले बिस्फोटक ब्याटिङ गर्दै तीव्र गतिमा शतक बनाएपछि भारतविरुद्धको निर्णायक एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले ४ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिनय कुमारको बलमा आउट हुनअघि डिभेलियर्सले १ सय १९ रन बनाए । उनले मात्र ६१ बलको सामना गर्दै ३ चौका र ११ छक्का प्रहार गरे । यसअघि ओपनर क्विनटन डि ककले पनि १ सय ९ रन बनाए । उनलाई हासिम आमला र फाप डु प्लेसिसले राम्रो साथ दिए । अमलाले २३ रन बनाए भने डु प्लेसिसले रिटायर्ड हर्ट हुनअघि १ सय ३३ रनको विशाल पारी खेले । निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा दक्षिण अफ्रिकाले ४ सय ३८ रन बनायो । एकदिवसीय खेलको एउटै इनिङमा तीनवटा ब्याटस्म्यानले शतक बनाएको यो दोस्रो अवसर हो । यसअघि दक्षिण अफ्रिकाले नै वेस्ट इन्डिजविरुद्ध यस्तो रेकर्ड बनाएको थियो । ५ खेलको एकदिवसीय श्रृंखला २–२ को बराबरीमा रहेको छ ।

Category:

0 comments