Hindi Films

अभिनेत्रीहरु जसले थप राम्री देखिन सर्जरी गरे

Unknown | 02:43 | 0 comments


फिल्म, फेसन जस्ता क्षेत्रमा लाग्नेका लागि सुन्दरता नै पहिलो सर्त हो। ‘सो बिज’ को दुनियाँमा काम गर्ने महिलाको हकमा त यो सर्तले अझ बढि नै स्थान राख्छ। त्यसैले ग्ल्यामर दुनियाँका महिला विशेष गरि अभिनेत्रीहरु ‍आफूलाई राम्री देखाउन हरसम्भव प्रयास गरिरहन्छन। बलिउडका अभिनेत्रीहरूमा पनि सुन्दर देखिने चर्को होड छ र आफूलाई सुन्दर देखाउन उनीहरुले कुनै कसर छोडदैनन्। बलिउडमा यस्ता धेरै अभिनेत्री छन् जसले आफूलाई सुन्दर बनाउन शरिरका विभिन्न अंग सर्जरी गराएका छन् । 
 
ऐश्वर्या राय बच्चन: सन् १९९४ मा विश्व सुन्दरीको ताज पहिरिएकी ऐश्वर्याको सुन्दरतामा नपग्लिने सायदै होलान् ! तर, पत्याउन गाह्रो पर्ला उनको सुन्दरतामा कृत्रिमता पनि मिसिएको छ । उनले गालादेखि चिउँडोसम्मको सर्जरी गराएकी छिन् ।
 
कंगना रनावत: सन् २००६ मा ‘ग्यांग्स्टार’ बाट बलिउडमा डेब्यु गरेकी कंगनालाई त्यसपछिका फिल्ममा हेर्दै जाँदा थाहा हुन्छ, उनी कति बदलिएकी छन् ! उनले आफ्ने आफ्नो सुन्दरता बढाउन ओठ मात्र मिलाएकी छैनन् स्तनमा सिलिकन हालेकी छिन् ।
 
करिश्मा कपुर: जब जब करिश्मा कपुर बलिउडमा चर्चित हुँदै जान्थिन्, तब तब उनको सुन्दरतामा झन् निखारता थपिँदै जान्थ्यो । बताइएअनुसार करिश्माले ‘राजा हिन्दुस्तानी’ खेल्नुअघि नै अनुहार र नाकको सर्जरी गराएकि थिइन् । उनी स्वयंले यस कुराको स्विकार गरिसकेकि त छैनन् तर, पहिलेदेखि अहिलेसम्मका सबै तस्बिर नियाल्दा उनको सुन्दरतामा मेडिकल सर्जरीको सहारा पक्कै छ ।
 
अनुष्का शर्मा: एक टेलिभिजन सोमा पुगेपछि अनुष्काको ओठको चर्चा खुबै भएको थियो । उनले पछि ट्विटरमा लेखिन्,‘मैले मेरो ओठको सर्जरी गराएको होइन । मेकअपका कारण यस्तो देखिएको हो ।’ तर, मेकअपले मात्र यति धेरै बदलाव आउँदैन । उनका पहिलेको ओठ र अहिलेको ओठबीचको फरकपनामा केही न केहीको हात त पक्कै छ भन्ने आँकलन गरिन्छ ।
 
प्रियंका चोपडा: हलिउडमा समेत चर्चित बन्दै गरेकी प्रियंकाको सुन्दरता पनि पुर्ण रुपमा प्राकृतिक होइन । कस्मेटिक सर्जरीबाट उनको नाकको स्वरुप बदलिएको छ । बलिउडमा चर्चित बन्न सघाउने उनको सुन्दरतामा कस्मेटिक सर्जरीको ठूलो हात रह्यो ।
 
काजोल: केही दिनअघि मात्र काजोलको गोरोपनको चर्चा भएको थियो । तर, उनको अनुहार आफैंमा यति चम्किलो भने थिएन । एक फेयरनेस क्रिमको विज्ञानमा काम गर्नका लागि उनले अनुहारमा गोरोपन बढाउने उपचार गरेकी थिइन् ।  
 
रेखा: रेखा पहिले मोटी मात्र थिइनन् अनुहारमा पनि कालो रंगको गाढापन थियो । बलिउडमा आउनका लागि उनले आफ्नो अनुहारमा ठूलै परिवर्तन गर्नु परेको थियो । बताइएअनुसार उनले आफ्नो अनुहारमा चमक ल्याउन विशेष खाले उपचार गरेकी थिइन् । उमेरले बुढ्यौली लागे पनि रेखाको सुन्दरतामा नरमाउने सायदै होलान् !
 
हेमा मालिनी: कुनै समयकी चर्चित अभिनेत्री हेमा सुरुमा काली थिइन् । काली भएकै कारण उनले फिल्म नै पाउँदिनथिन् । त्यतिबेला कतिले उनलाई तँ नायिका बन्न सक्दिनस्सम्म भन्थे रे ! तर, उनले हार खाइनन् । उल्टै छाला गोरो बनाउने उपचार गरिन् र ‘ड्रिमगर्ल’ बनिन् ।
श्रीदेवी: दक्षिण भारतीय फिल्मबाट बलिउडमा समेत चर्चित बनेकी श्रीदेवीले नाकको सर्जरी गराएको भन्ने हल्ला छ । तर, उनले अहिलेसम्म यसलाई झुठो भन्दै आएकी छिन् । उनको फोटो हेर्दा थाहा लाग्छ, उनले के गरेकी हुन् ?

Category:

0 comments