प्रयोग भइसकेको चियापत्तिका फाइदाहरु
|
चिया हाम्रो जीवनको महत्वपूर्ण पेय पदार्थ बनेको छ। धेरै मानिसहरुले आफ्नो स्वाद अुनसार कालो, दूध हालेका, हरियो (ग्रीन), हर्वल आदि प्रकारका चिया पिउने गर्छन्।
स्वास्थ्यका दृष्टिकोणले हेर्ने हो भने हर्वल चियालाई बढी लाभदायक मानिएको छ। सामान्यतया हामी चिया बनाइसकेपछि त्यसमा प्रयोग भएको चियापत्तिलाई फाल्ने गर्छौ। तर उक्त प्रयोग भएको चियापत्ति हाम्रो अन्य काम पनि आउन सक्छ।
हरियो चिया पिउनु छालाको लागि निकै लाभदायक मानिन्छ। यस्तै यसको प्रयोग भइसकेको चियापत्ति पनि फाइदाजनक हुन्छ। अनुहारमा कुनै प्रकारको दाग छ भने प्रयोग भइसकेको हरियो चियाका ब्यागलाई दागमा लगाउँदा फाइदा हुन्छ।
प्रयोग भइसकेका टी ब्यागले कपाल चम्किलो बनायन पनि मद्दत गर्छ। यस्तो टी ब्यागलाई ४(५ कप पानीमा उमाल्ने र श्याम्पूले कपाल धोइसकेपछि उक्त टी ब्यागको पानीले कपाल धोएमा कपाल चम्किलो हुन्छ।
प्रयोग भइसेकेका टी ब्यागलाई उमाल्ने। चिसो भएपछि स्प्रे बोतलमा भर्ने र बोट बिरुवमा छर्ने। यसो गर्नाले बोट बिरुवाको पातमा लाग्ने किरा नष्ट भएर जान्छन्। प्रयोग भइसकेको चियापत्तिलाई अर्गानिक मलका रुपमा पनि प्रयोग गर्न सकिन्छ।
|
Category: CelebrityNews And Gossips, health
0 comments