Hindi Films

महन्तले अलग मधेस राष्ट्र घोषणा गरेपछि हंगामा

Unknown | 14:28 | 0 comments


mahanta thakurकाठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सबै विधि र प्रकृया पुरा भएकाले मधेस अब अलग देश सरह भएको बताएपछि राजनीति तरंगीत बनेको छ ।
पटक पटक पस्ता अभिव्यक्ति घुमाउरो पारामा दिदै आएका ठाकुरले आइतबार एक कार्यक्रममा प्वाक्क बोलिदिएका थिए । उनको भनाई थियो कि नेपाल बहुराष्ट्रिय पहिचानमा पुगेको छ र एउटा देशमा विभिन्न राष्ट्र हुनेछ ।
पत्रकार प्रशान्त झाको पुस्तक ‘ब्याटल्स अफ द न्यू रिपब्लिक’ को नेपाली अनुवाद ‘गणतन्त्रको सङ्घर्ष’ लोकार्पण कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएपछि उकाएक राजनीति गर्माएको छ ।
उनले सहमति गर्ने भन्दापनि बखेडा झिकेर राजनीतिलाई बांगो बनाउन लागिपरेको आरोप समेत लगाइएको छ । उनले नयाँ संविधानमा बहुजातीय देश भनीएकोमा अब संविधान संशोधन मार्फत् बहुराष्ट्रिय भन्ने शब्द राख्नुपर्ने बताएका थिए ।
ठाकुरको दल तमलोपा गठन हुनेबेला तयार पारिएको घोषणा पत्रमा पनि नेपाल उल्लेख नगरि देश र राष्ट्र भनिएको थियो । राजेन्द्र महतोलाई सहमतिको समस्या देखिरहेका बेला उनी भन्दा ठाकुर र उपेन्द्र यादब समस्या भएको र ठाकुरकै कारण सहमति बन्न नसक्ने भन्दै पछिल्ला दिनहरुमा विश्लेषण पनि हुदै आएका छन् ।
प्रमुख दलका शीर्ष नेताहरुले उनको अभिव्यक्तिबारे कुनै प्रतिक्रिया नदिए पनि आम साधारणले भने सामाजिक सञ्जालमा उनको विरोध थालेका छन् ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments