Hindi Films

अख्तियार फन्दामा परेका सशस्त्रका तीन प्रमुख धरौटीमा छुटे

Unknown | 16:11 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला


 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा छानबिनका लागि नियन्त्रणमा लिएका सशस्त्र प्रहरीका तीन पूर्व प्रमुखहरु धरौटी बुझाएर आइतबार बेलुका तारिखमा छुटेका छन्। 
 
भ्रष्टाचार मुद्दामा निलम्बित सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तमाथि छानबिनको क्रममा बयानका लागि आइतबार अख्यितयार पुगेका तीजना पूर्व आइजीपीलाई अख्तियारले नियन्त्रणमा लिएको हो। अख्तियारलाई धरौटी बुझाएर तारिखमा छुट्ने सशस्त्रका पूर्वप्रमुखहरुमा सनतकुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ र बासुदेव ओली रहेका छन्। 
 
अख्तियारले सनतकुमार बस्नेतसँग सात करोड रुपैयाँ, शैलेन्द्रकुमार श्रेष्ठसँग एक करोड र बासुदेव ओलीसँग ७० लाख रुपैयाँ धरौटी मागेको छ। तीनैजनाको धरौटीका लागि बैंक ग्यारेन्टी बसेको छ। यसअघि वन्त पनि १० करोड धरौटी बुझाएर तारेखमा रिहा भएका थिए।  
 
अख्तियारले सशस्त्रको सामान ढुवानीका क्रममा झोले कम्पनी खडा गरेर नक्कली बिल बनाइ करोडौं भ्रष्टाचार गरेको अभियोगमा वन्तलाई निलम्बन गरेपछि उनीहरु पनि यो प्रकरणमा तानिएका हुन्।
 
अख्तियारको नियन्त्रणमा रहेका तीनैजनाले तारिखमा मुक्त हुनका लागि धरौटी रकम जुटाउन आफन्तलाई परिचालित गरेका थिए।  


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments