Hindi Films

बाबुराम भट्टराईको नेतृत्व र चाहनामा पहिलो संविधानसभाको मृत्यु भयो । खतरनाक खेलको सूत्रपात गर्दै !

Unknown | 05:28 | 0 comments


baburam cover
बाबुराम भट्टराईको नेतृत्व र चाहनामा पहिलो संविधानसभाको मृत्यु भयो । रातको षड्यन्त्रमा भएको त्यो मृत्युमा गोहीको आँसु बगाउने समय पनि धेरैले पाएनन् । ०४७ को संविधानविरुद्धको षड्यन्त्रमा अनि ०६३ का राजनीतिक एजेन्डा तय गर्न र जनयुद्ध तथा क्रान्तिको आवरणमा नेपालको ‘तालाचाबी’ अन्यत्र बुझाउने अघोषित लक्षमा समर्पित राजनीतिक खलनायक हुन् भट्टराई । उनको यो बीचको राजनीतिको सबभन्दा ठूलो सफलता हो, नेपाली राजनीतिमा नेपाली जनताको निर्णायक संलग्नता समाप्त पार्नु अनि अन्तर्राष्ट्रिय जगत्को अनुमोदनमा अरूभन्दा पृथक् खालको नेताको रूपमा आफूलाई स्थापित गर्ने प्रयास गर्नु ।
पिएल सिंह
पिएल सिंह
पंक्तिकारले बाबुराम भट्टराईलाई सबभन्दा पहिला ऋषिकेश शाहकहाँ भेटेको हो । उनकै मानव अधिकार संगठनमा संलग्न थिए भट्टराई । शाह इन्डो–अमेरिकन ब्लकका एकजना हस्ती थिए । उनको बौद्धिक र शैक्षिक क्षमता राजनीतिक महत्त्वाकांक्षासँग मिसिँदा उनी धेरैपटक बाहिरबाट प्रयोग हुने खतरा थियो नै ।
बीपी कोइरालाको भनाइअनुसार शाह, मधेसमा जातीय दंगा फैलाएर राजसंस्था कमजोर बनाउन र ती साम्प्रदायिक गतिविधिबाट प्रजातन्त्र स्थापित गर्न चाहन्थे । ती एजेन्डा पक्कै पनि नेपाल र नेपालीको हितमा थिएनन, त्यसैले प्रजातन्त्र राष्ट्रियतालाई मूल मन्त्र मानेको त्यस बेलाका नेपाली कांग्रेस नेतृत्वले त्यसलाई स्वीकार गरेन । किनकि त्यो एजेन्डा नेपाललाई कमजोर पारी ‘डिभाइड एन्ड रुल’ को नीति बोकेका बाह्य शक्तिहरूको थियो ।
भट्टराई अनेक घुमाउरो मार्ग हुँदै अहिले त्यो ‘ग्रा्यण्ड डिजाइन’ मा प्रयोग हुन उद्यत् छन् । ‘नयाँ शक्ति’ त्यस्तो प्रयासको नयाँ रूप हो ।
शाहले त्यसमा प्रयोग हुन चाहे, तर कांग्रेसलाई प्रभावित गर्न सकेनन् । राजतन्त्र या राजाका लागि समस्या खडा गरी आफ्नो हैकम स्थापित गर्नु एकथरी बाह्य शक्तिको चाहना थियो । कांग्रेस नेतृत्व राजासमक्ष समस्या उत्पन्न गर्ने हैन, उनलाई प्रजातन्त्रको संविधानको घेरामा ल्याउन चाहन्थ्यो र त्यस बाटोमा विदेशीको नैतिक समर्थनको अपेक्षा राख्थ्यो । विदेशीलाई राजनीति सुम्पिने काम २०६३ मा मात्र भयो ।
भट्टराई अनेक घुमाउरो मार्ग हुँदै अहिले त्यो ‘ग्रा्यण्ड डिजाइन’ मा प्रयोग हुन उद्यत् छन् । ‘नयाँ शक्ति’ त्यस्तो प्रयासको नयाँ रूप हो । बाबुराम त्यसमा हौसिनुको अर्को कारण छ । उनी आफ्नो अतीतका अपराधबाट मुक्त हुन चाहन्छन्, दोष सबै पुष्पकमल दाहालको काँधमा टाँस्ने मनसायका साथ ।
ऋषिकेश शाहसँग मेरो पहिलो भेट उनी संयुक्त राष्ट्रसंघमा स्थायी प्रतिनिधि हुँदा भएको थियो । ६० को दसकको प्रारम्भमा उनी अमेरिकापक्षीय भएको आरोप सोभियत संघले खुलेरै लगाएको थियो । किनकि उनलाई दिइएको तर उनले पूरा गर्न नसकेको जातीय र क्षेत्रीय उन्माद तथा झगडाको एजेन्डा भट्टराई बोक्न तयार भए । सन् २००१ ‘प्रचण्डपथ’ को रचनाकारका रूपमा दाहाल माक्र्स, लेनिन या माओजस्तै अर्का भावी इतिहास पुरुष बन्ने लोभमा इन्डो-अमेरिकी खेलमा होमिए ।
बाबुरामलाई प्रचण्डपथको ‘आइडोलग’ का रूपमा स्वीकार गर्नुको परिणति सम्भवतः दाहालले अहिले बुझ्न थालेका छन् । तर दाहालका कष्टकर राजनीतिक भोगाइ र जवाफदेहीको शृंखला आउँदा दिनमा अझ कठिन हुनेछन् । कस्तो विडम्बना, ‘साम्राज्यवादी’ अमेरिका र ‘विस्तारवादी’ भारतको विरोधका नाममा जन्मिएको ‘रक्तक्रान्ति’ तिनै शक्तिको पृष्ठपोषणका लागि रचिएको पो रहेछ !
प्रचण्डपथका लेखक र ‘माओवाद’ का नाममा स्थापित ‘जनसरकार’ प्रमुख अनि १७ हजार होनहार नेपालीका हत्याका रचयिता अहिले ‘माओवाद’ को बिल्ला उतारेर ‘नयाँ शक्ति’ का नायक बन्ने धुनमा छन् ।
बाह्रबुँदेका हस्ताक्षरकर्ताहरू नकचरा साबित भएका छन् । नेपाली जनताबाट राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्ने सार्वभौम अधिकार र नेताहरू जनताप्रति जवाफदेही हुनुपर्ने प्रजातन्त्रको मौलिक मान्यता दुवै खोसेको छ, त्यसपछिको राजनीतिले । बाह्य शक्तिका प्रतिनिधिको या दलालहरूको शासनका लागि यी दुवै अनिवार्य सर्त हुन् । त्यति भइसकेपछि नेताहरूलाई जनतासँग खासै वास्ता रहँदैन ।
प्रगतिशीलका नाममा विरोधाभासपूर्ण, राष्ट्रविरोधी काम र गतिविधिमा निर्लिप्त हुने छुट हुन्छ, जनताको प्रतिरोध नआएसम्म । भट्टराई त्यसका गतिशील उदाहरण हुन् । प्रचण्डपथका लेखक र ‘माओवाद’ का नाममा स्थापित ‘जनसरकार’ प्रमुख अनि १७ हजार होनहार नेपालीका हत्याका रचयिता अहिले ‘माओवाद’ को बिल्ला उतारेर ‘नयाँ शक्ति’ का नायक बन्ने धुनमा छन् ।
भगवान् रामको वनवासपछि १४ वर्षसम्म उनको आगमनको प्रतीक्षामा सडकमै कुरेर बसेकाहरू जसरी नै बफादारहरूको एउटा समूहले ताली बजाएर उनलाई नेता स्वीकार गरेको छ । उनले ३५ जनाको समितिसमेत घोषणा गरेका छन् । त्यसमा विभिन्न किसिमका व्यक्ति र व्यक्तित्वहरू छन् ।
पहिलो-समाजका विभिन्न (खासगरी प्राविधिक) क्षेत्रमा नाम कमाइ सेवानिवृत्त व्यक्तिहरू जसमा कुनै किसिमको राजनीतिक मान्यताको चाहना थियो । भट्टराईले त्यो दिए उनीहरूलाई ।
दोस्रो-माओवादीभित्रै रहेका, लुट, हत्या र पार्टीविरुद्धकै गद्दारीको आरोप खेपेका अनि पार्टी सत्तामा हुँदा कुनै स्थान नपाएका व्यक्तिहरू ।
तेस्रो– श्री ५ को सरकारदेखि नेपाल सरकारसम्म निजामती र प्रहरी÷प्रशासनमा जागिर खाई भट्टराईसँग नजिक बनेका तर राजनीतिक सिद्धान्तप्रति कुनै प्रतिबद्धता नभएका । केही एनजीओ नाइकेहरू पनि छन् यसमा । यी सबै पक्ष भट्टराईको बुई चढेर केही हासिल गर्न चाहन्छन् र भट्टराई उनीहरूलाई राजनीतिमा आवश्यक भीडका रूपमा प्रयोग गरी आफूलाई नेताका रूपमा निरन्तरता दिन चाहन्छन् ।
यी तीन समूहभन्दा अर्को चौथो समूह हो ‘विवेकशील’ मानिने केही युवाहरू । खै त राजनीतिक विवेक प्रदर्शन गरेका उनीहरूले यति महत्त्वपूर्ण निर्णय लिँदा ? ‘माओवाद’ छोड्नुपूर्वको राजनीतिबारे भट्टराईलाई जवाफदेही बनाउने कोसिस नगर्नु विवेकहीनता मात्र हो । त्यसैले भट्टराईसँग मिसिँदा ‘विवेकशील’ ले ‘विवेक’ शून्यता प्रदर्शन गरेको छ । के कतै उनीहरूलाई मिलाउने शक्ति अन्यत्रै त छैनन् ?
त्यस्तै परिआएमा राजनीतिक प्रतिरोध र हिंसा-हत्याको सहारा नलेलान् उनले भन्ने निष्कर्ष निकाल्नु पनि अलि हतार हुनेछ । निर्ममताको अर्को महत्तवपूर्ण चरित्र हो भट्टराई ।
गृहयुद्ध उक्साउन र त्यस क्रममा बाहिरबाट तालिम तथा आर्थिक र प्राविधिक सहयोगसमेत लिएर खडा गरिएको ‘जनसेना’ लाई प्रधानमन्त्री हुँदा भट्टराईले कसरी निःशस्त्र गरे निर्ममताका साथ ? अनि कसरी नेपाली सेनाभित्र सांकेतिक प्रवेश तथा समाजमा पुनस्र्थापना प्याकेज गराए, त्यसले उनको बफादारी आफ्नै लागि रगत बगाउनेहरूप्रति पनि नभएको स्पष्ट पार्दैन र ? कुनै शक्तिको आड नपाई ‘नयाँ शक्ति’ निर्माणमा उनी होमिएका छन् भन्न सकिँदैन ।
त्यस्तै परिआएमा राजनीतिक प्रतिरोध र हिंसा-हत्याको सहारा नलेलान् उनले भन्ने निष्कर्ष निकाल्नु पनि अलि हतार हुनेछ । निर्ममताको अर्को महत्तवपूर्ण चरित्र हो भट्टराई ।
आगामी दिनमा खुला ‘ब्लाकमेल’ नेपाली राजनीतिमा एउटा अस्त्र हुनेछ । रामेश्वर खनाल प्रवृत्तिका व्यक्तिहरूलाई कसरी लेलान् त्यसलाई ।
व्यक्तिगत रूपमा उनको पहिलो निशाना दाहाल नै बन्नेछन् । तर ‘नकच्चरा’ या सार्वजनिक जीवनमा लाज र जवाफदेही त्यागेकाहरूको नैतिक शक्ति कमजोर हुने हुँदा उनीहरूमा व्यक्तिगत स्वार्थ, प्रतिशोध, लोभ र सम्झौताको प्रचुरता रहन्छ । त्यसैले आफूमाथि प्रहार नभएसम्म त्यो सम्भावनाबारे दाहाल या कोही नेताहरू सचेत हुने छैनन् अहिल्यै । न त उनीहरूले बाह्य उक्साहटबाट प्रेरित भई नेपालमा आफूले थाम्न नसक्ने परिवर्तनका एजेन्डा ल्याएकोमा प्रायश्चित र समीक्षा गर्नेछन् । जनताको शक्ति संगठित र प्रतिबद्ध रूपमा उर्ले मात्र नेताहरू प्रायश्चित गर्न बाध्य हुनेछन् ।
अर्को बाबुरामले बाह्रबुँदेपछि कति नेताहरू कताबाट परिचालित र लाभान्वित छन्, त्यो उनले बुझेका छन् । नेताहरूको त्यो कमजोरीलाई आफ्नो र आफूलाई जिम्मा दिइएको उद्देश्य प्राप्तिका लागि प्रयोग गरिरहने छन् उनले । आगामी दिनमा खुला ‘ब्लाकमेल’ नेपाली राजनीतिमा एउटा अस्त्र हुनेछ । रामेश्वर खनाल प्रवृत्तिका व्यक्तिहरूलाई कसरी लेलान् त्यसलाई ।
नेपालमा लोकतन्त्र र गणतन्त्रका नाममा छाडापन भित्रिएकाले खुलारूपमा बाह्य लगानी र समर्थनमा राजनीतिक संगठनहरू अस्तित्वमा आउन थालेका छन् । यो खतरनाक संकेत हो र सार्वभौम सर्वाधिकार क्षेत्रमा राजनीति हुनुपर्ने प्रजातन्त्रको मौलिक सिद्धान्तविपरीतको प्रवृत्ति हो यो । वास्तवमा बाह्रबुँदेका हस्ताक्षरकर्ताहरू (दाहाललगायत) ले त्यो मान्यतालाई प्रायश्चित्तका रूपमा स्थापित गर्नु आवश्यक छ । अहिल्यै ‘ब्लाकमेल’ को सिकार हुनुपूर्व प्रायश्चित गर्नेलाई जनताले क्षमा मात्र हैन, साथ पनि दिनेछन् ।
०४७ को संविधान ब्युँताएर मात्र नेपाली जनताले ससम्मान स्वीकार गर्ने अगाडिको बाटो खोज्न सक्नेछन् उनीहरूले । अन्यथा बाबुराम भट्टराईसँग अलग रहे पनि नेपाली राजनीतिका भावी प्रवृत्तिको मुख्य नाइके बाबुराम नै बन्नेछन् । त्यो प्रवृत्ति स्थापित भएमा नेपालको स्वतन्त्रता र सार्वभौम हैसियतमा अभूतपूर्व संकट आउनेछ ।
बाबुराम मधेस आन्दोलनमा घुस्न खोजे, तर त्यहाँ स्वीकार्यता पाएनन् । अब अधिकांश मधेसइतर शक्ति र व्यक्तिहरूको साथ लिएर अर्को बाह्य मध्यस्थता निम्त्याउने प्रयास हुन सक्छ यो ।
परिवर्तनको पृष्ठभूमिका लागि रक्तपातको वातावरण, बाह्य मध्यस्थतामा ०४७ को संविधान फ्याँक्ने षड्यन्त्र अनि नेपाली इतिहासका प्रजातान्त्रिक आन्दोलनहरूलाई अवमूल्यन गर्ने अभियान, एकलौटे रूपमा पहिलो संविधानसभाको विघटन ‘प्रधान शत्रु’ मानिएको भारतलाई त्यो हैसियतबाट उन्मुक्ति, दोस्रो संविधानसभामा राजनीतिक सहमति समितिको नेतृत्व, मधेस विखण्डनवादी सीके राउतलाई त्यो समितिले दिएको मान्यता अनि प्रक्रियाविहीन तरिकाले संविधान जारी भएपछि पहिलो ‘विद्रोह’ यी सबै राष्ट्रिय हित र विवेकबाट नभएर लगानीकर्ताका हित र त्यसबाट उत्पन्न बाध्यात्मक परिस्थितिका उपज हुन् र नेता बन्न खोजेका बाबुराम वास्तवमा एउटा गोटी ।
बाबुराम मधेस आन्दोलनमा घुस्न खोजे, तर त्यहाँ स्वीकार्यता पाएनन् । अब अधिकांश मधेसइतर शक्ति र व्यक्तिहरूको साथ लिएर अर्को बाह्य मध्यस्थता निम्त्याउने प्रयास हुन सक्छ यो । अर्थात् बाह्रबुँदेको निरन्तरतामा फेरि एउटा खतरनाक खेलको सूत्रपातका रूपमा उनी देखापरेका छन् । राज्यको नेतृत्व सहजै नपाए राज्यविरुद्ध खनिने प्रयास गर्नेछन् उनले । यो षड्यन्त्रलाई समयमै पहिचान र पराजित गर्नु राष्ट्रियता र प्रजातन्त्रका शक्तिहरूको आजको मुख्य दायित्व बन्न पुगेको छ ।
– अन्नपूर्ण पोष्टबाट

Category:

0 comments