Hindi Films

दाङमा सशस्त्र र जनपथ प्रहरीबीच झडप

Unknown | 07:58 | 0 comments


फोटो :फाइल फोटो
घोराहीः मादक पदार्थ पिएका सादा पोशाकका जनपथ प्रहरी हवल्दारले होहल्ला गर्दा दाङको घोराहीमा चलिरहेको महोत्सवस्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच लठ्ठी हानाहान भएको छ । 
 
शनिबार साँझ ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेलामा सादा पोशाकमा छिरेका प्रहरी हवल्दार चन्द्रलाल गिरीले होहल्ला गर्न थालेपछि ड्यूटीमा रहेका सशस्त्र प्रहरीले उनलाई रोक्न खोजेका थिए । 
 
त्यसपछि मादक पदार्थ पिएका नेपाल प्रहरीका हवल्दारले विवाद गर्न थालेपछि हात हालहाल भएको थियो । उनी जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत छन् । 
 
झडप हुन थालेपछि सर्वसाधारणहरु पनि भागदौड गरेका थिए । सशस्त्र प्रहरीले कुटपिट गरेपछि हवल्दार गिरी घाइते भएका छन् । 
 
सामान्य घाइते उनको उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कुबेर कडायतले मादक पदार्थ सेवन गरेका आफ्ना हवल्दारले गल्ती गरेको भन्दै उनलाई कारबाही प्रक्रिया अघि बढाइने बताएका छन् । 
 
महोत्सवमा गायक खुमन अधिकारीले गीत गाइरहेका बेलामा सबै दर्शकहरुले होहल्ला गरेका थिए । त्यही क्रममा शसस्त्र प्रहरीले रोक्न खोज्दा ती हवल्दारले ‘म पुसिलको हवल्दार हुँ’ भनेपछि विवाद अझै बढेको थियो । 
 
त्यसपछि नेपाल प्रहरीले उनलाई बचाउन खोज्दा ड्यूटीमै रहेका दुई प्रहरी संगठनबीच पनि लठ्ठी हानाहान भएको थियो । त्यसपछि सर्वसाधारण दर्शकहरुले नै उनीहरुलाई छुटाएका थिए । 

Category:

0 comments