Hindi Films

अाजसम्म अध्ययन हुन नसकेका १० रहस्यमयी वस्तु

Unknown | 05:50 | 0 comments

संसारको इतिहास अचम्मको रहस्यले भरिएको छ । हामी मध्ये कसैले पनि तिनीहरको बारेमा अध्ययन गरेर निश्कर्ष निकाल्न धेरै समय लाग्नेछ । तर, भित्रि रहस्य नखुलेका बस्तुहरुलाई हेर्न सबैलाई रोचक लाग्छ । ती मध्ये रहस्य नखुलेका विश्वका १० रोचक वस्तु यस्ता छन् ।

१.मोआ चरा
मोआ चरा उड्न नसक्ने चरा हुन् । न्युजिल्यान्डमा बसोबास गर्ने यी चारहरु १५ सय वर्ष लोप भएका थिए । मोआरी सिद्धान्तअनुसार ती चराहरु मारिएका थिए । बीसौं शताब्दीमा भएको एउटा यात्राका दौरान वैज्ञानिकहरुले ती चराको पञ्जा भेट्टाएका थिए ।
Bird
२. पेरुको साक्सेवामानको मन्दिर परिसर
मोर्टारको एक थोपा पनि प्रयोग नगरि बनेको ढुंगाको मन्दिर परिसर साँच्चै अचम्मको छ । मन्दिरमा राखिएका ढुंगाको बीचमा एक सानो कागजको टुक्रा समेत छिराउन मिल्दैन । हरेक ब्लकमा चिल्लो र गोलो कुना छ । यो कसरी निर्माण गरिएको थियो । कसैलाई थाहा नै छैन ।
peru
३. गेट अफ सन, बोलिभिया
बोलिभियाको एक प्राचीन र रहस्यमय शहर टिवान्कुमा गेट अफ सन रहेको छ । केहि पुरातत्वविदहरु पहिलो सताब्दीमा एक विशाल साम्राज्यको केन्द्र रहेको विश्वास गर्छन् । गेटमा कुन चित्र रहेको कुरा कोहिसँग पनि तर्क छैन । संभवत यो विषयमा केहि ज्योतिष महत्व छ ।
gate_sun
४. लंग्यू गुफा, चीन
यी गुफाहरु मानवद्वारार निर्माण गरिएको हो । यो कठीन काम सम्पन्न गर्न हजारौ मानिसको सहभागिता थियो । यद्यपी यी गुफाहरुको केहि पनि ऐतिहासिक रेकर्ड छैन । साथै यो निर्माण गरिएको विधिबारे पनि अहिले सम्म जानकारी छैन ।
cave_china
५. अधुरो स्मारक, इजिप्ट
यो अधुरो स्मारक ढुंगामा सिधै निर्माण गर्न लागेको जस्तो देखिन्छ । तर, पूर्ण रुपमा भने निर्माण सकिएको छैन । स्मारक खोपेर निर्माण गरिएको अवस्थामै छ । यो कुन प्रयोजनको लागि निर्माण गरिएको हो अहिलेसम्म खुलेको छैन ।
egypt
६. योनागुन, पानीमुनिको सहर, जापान
यो प्राचिन सहरको बारेमा किहाचिरो अराताकीले संयोजले पत्ता लगाएका थिए । पानी मुनिको यो सहर बारे सबै वैज्ञानिक सिद्धान्त हैरान छ । घुमेको यो सहरको १० हजार वर्ष पहिलो निर्माण भएको विश्वास गरिएको छ , जुन इजिप्टको पिरामिड भन्दा पनि पुरानो हो । केहि पुरातत्वविद्का अनुसा आदिम युगमा मानिसहरु गुफामा बस्थे । गुफालाई सहर बनाएको विश्वास गरिएको छ ।
japan_1
७. मृतकको ढिस्को, पाकिस्तान
यो सहरको पतन कसरी भयो भन्ने विषयमा वैज्ञानिकहरुलाई बर्षौ सम्म हैरान पारेको छ । १९२२ मा भारतीय पुरातत्वविद आरडी बनर्जीले सिन्धु नदीले भत्काएका प्राचिन खन्डहरको विषयमा खोज गरेका थिए । यो प्रचाीन सहरको अन्त्य कसरी भयो भनी जहिल्यै प्रश्न उठ्ने गरेको छ । यहा रहेका मानिसहरु कता गए भन्ने लगायतका प्रश्नहरु अझै अनुत्तरित छन् ।
pakistan
८. लेन्स अक्स मीडोज, क्यानडा
क्यानाडाको पुरातात्विक स्थल एक हजार बर्ष पहिले स्थापना भएको विश्वास गरिन्छ । तथ्य अनुसार स्क्याडिनाभियनहरु क्रिस्टोफर कोलम्बसको जन्म पहिल्यै पुगेका थिए । तर यस विषयमा अझै यकिन गरिएको छैन ।
cananda
९. स्टोन–एज सुरुङ
एक भूमिगत सुरुङ, जो स्कटल्यान्डदेखि टर्कीसम्म छ । यो सुरुङ युरोपका अधिकांश देशको भित्रभित्रबाट टर्कीसम्म पुगेको छ । यसले स्टोन एजका शिकारीहरु सामान्य थिएनन भन्ने देखाउछ । तर यसको वास्तविक प्रयोजन केका लागि थियो भन्ने रहस्यमै छ । केहि अनुसन्धानहरु जाडो तथा विभिन्न संघर्षबाट बच्न यसको प्रयोग भएको विश्वास गर्छन । तर केहि सुरक्षित यात्राको लागि सुरुङ प्रयोग भएको ठान्छन् ।
turkey
१०. कोस्टारिकाको विशाल पथ्थरहरू
यी रहस्यमयी ढुंगाहरु पूर्ण गोलाकार आकृतिमा छन् । तर यो कुन प्रयोजनको लागि जम्मा गरिएको भन्ने अझै रहस्यमा छ । यी ढुंगाहरु सन् १९३० मा स्थानीयले केरा खेतीको लागि जंगल फडानी गर्दा पत्ता लगाएका थिए । स्थानीय बुढापाकाहरुले त्यहाँ भित्र सुन रहेको हुन सक्ने बताएका थिए । तर तीनीहरुलाई फुटाएर हेर्दा केहि पनि फेला परेन ।
stone


Category:

0 comments