Hindi Films

चस्मा लगाउने बितिकै मान्छे नांगै देख्ने

Unknown | 23:51 | 0 comments



चस्मा लगाएपछि आफू अगाडि उभिएको मान्छे नांगै देखिने (म्याजिक चश्मा)का नाममा ठगी गर्ने गिरोहका चार जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
जेठ १२ गते सुराकीको सूचनाका आधारमा प्रहरी हवल्दारसहित तीन जना र जेठ १६ गते थप एक जना गरी पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले आइतबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले कञ्चनपुरको बेलौरी गाविस ४ का २८ वर्षीय विक्रम चन्द, कञ्चनपुरकै त्रिभुवनबस्ती गाविस वडा नं २ ङ गाउँका रामप्रसाद उपाध्याय, कञ्चनपुरको लक्ष्मीपुर गाविस ९ घर भएका इलाका प्रहरी कार्यालय लम्कीमा कार्यरत प्रहरी हवलदार दिपकबहादुर सिंह र धनगढी नगरपालिका ३ विशालनगरका राजन भट्टलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।


प्रहरीले उनीहरुको साथबाट एक थान नक्कली चस्मा र लुटपाट गरिएका ५ थान एटिएम कार्ड तथा नगद बरामद गरेको जनाएको छ । प्रहरीले घटनाका मुख्य योजनाकारका रुपमा विक्रमचन्द रहेको जनाएको छ । विक्रमले आफूसँग म्याजिक चस्मा छ भन्दै ग्राहक बोलाउने र त्यसको बैना बापत रकम असुल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । ‘अहिले फोनबाट २५ लाखसम्मको बैना लिएको मौखिक खबरहरु आइरहेका छन, तर म्याजिक ग्लास नेपालमा प्रतिबन्ध भएकाले बैना पनि किन दियो भनेर उल्टै पक्राउ पर्ने डरले कसैले पनि लिखित उजुरी भने दिएको छैन’ प्रहरी नायव उपरीक्षक रमेश पण्डितले भन्नुभयो । यस्तै पक्राउ परेका रामप्रसाद उपाध्यायले पीडितलाई समातेर कुटपिट गरेको, प्रहरी हवलदार सिंहले होटलमा कोठा बुक गरी पीडितलाई धम्की दिँदै काबुमा लिने प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरीले धनगढीको टप टाइगर होटलको काठा नंं १०८ मा महोत्तरीका धीरेन्द्र पण्डितलाई नियन्त्रणमा लिएर कुटपिट गरिरहेका बेला तीनै जनालाई पक्राउ गरेको जनाएको छ । दुई दिनअघि मात्रै पक्राउ परेका राजन भट्टको साथबाट नक्कली चस्मा बरामद भएको र उनले म्याजिक चस्मा भन्दै नक्कली चस्मा आफूसँग राख्ने गरेको प्रहरी नायव उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो ।

Category:

0 comments