Hindi Films

देउवाले हात दिदा रामचन्द्रले मिलाएनन्,

Unknown | 03:46 | 0 comments


deuwa-ramchandra
काठमाडौं । कांग्रेस सभापतिका दागि फाइनल चरणमा चुनावि प्रतिश्पर्धामा भिडिरहेका रामचन्द्र पौडेल र शेरबहादुर देउवा कुनै समयका तत् त र मम का साथि हुन् ।
यी दुई कुनै बेला सँगै दिनभर हिडेर राजनीति गर्दथे । तर, अहिले भने कांग्रेसमा यी दुइका नाममा फरक फरक गुट छ र एउटा पदका लागि दुई नेता नै भिडिरहेका छन् ।
पहिलो चरणको निर्वाचनमा शेरबहादुर ११ मतले पराजित भएपछि दोस्रो चरणको चुनाव चलिरहेको छ । चुनावका क्रममा देउवा र पौडेलले मत हालेपछि सभागृहकी एक छेउमा राखिएको कुर्चीमा सँगै बसे ।
हाँसी मजाक गरे । एक कार्यकर्ताले आएर तपाईंहरुले हामीदाई दुःख दिनुभयो । समलेर गएको भए हुनी भने । लगत्तै देउवा बोले मैले त बिहानै भने नि, रामचन्द्र जी लाई हेरी लड्न मन लाग्योरे ।
देउवाले यस्तो भन्दा रामचन्द्रले अनुहार कालो बनाएनन् । बरु हाँसीरहे । अनि यी दुई निकैबेर गफ गरिरहे ।
तर, पत्रकारहरुले हात मिलाएर फिटो खिज्ने वातावरण बनाइदिन आग्रह गर्दा रामचन्द्रले हात कोटको खत्तीतिर हाले, तर, सुनेको नसुनेई गरिरहे । हात मिलाउनै मानेनन् । देउवाले गरेको आग्रह पनि उनले अस्विकार गरे


Category:

0 comments