Hindi Films

प्रचण्डको प्रस्ताव : वैद्यको नेतृत्वमा पार्टी एकता गरौँ

Unknown | 22:09 | 0 comments






काठमाडौं– माओवादीका विभिन्नधाराहरुवीच एकताको बहस जारी रहँदा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले मोहन वैद्य किरणको नेतृत्वमा एकताको प्रस्ताव अगाडि बढाएका छन् । वैद्य माओवादीको केन्द्रीय समिति वैटक जारी रहँदा प्रचण्डले वैद्यकै नेतृत्वमा आफु माओवादीहरुवीचको एकताका लागि तयार रहेको प्रस्ताव अगाडि बढाएका हुन् । ‘राजनीतिकपक्षमा न्यूनत समझ्दारी निर्माण भयो भने संगठनमा कुनै समस्या छैन । म किरण कमरेडकै नेतृत्वमा सवै माओवादीहरुवीचको एकताका लागि तयार छु ।’ प्रचण्डले वैद्य माओवादीका केही नेताहरु मार्फत प्रस्ताव पठाएका छन् । एकताका लागि संगठनात्मक विषय जटिल हुन्छ वा हुँदैन भनेर वैद्य माओवादीका केही नेताहरुले प्रचण्डको मत जान्न खोजेका थिए । वैद्य माओवादीका केही नेता र प्रचण्डवीच आइतवार कुराकानी भएको थियो । जवाफमा प्रचण्डले, ‘तपाईहरुको केन्द्रीय समिति वैठक चलिरहेको छ । त्यही कुरा गर्नुहोस्, संगठनमा कुनै समस्या हुँदैन, म किरणजीलाई नेता मानेर जान तयार छु ।’ यस अघि प्रचण्डले सार्वजनिक कार्यक्रममा पनि सवै माअ‍ोवादी एक भए किरणको नेतृत्वमा एकता गर्न तयार रहेको बताएका थिए । स्रोतका अनुसार नेतृत्वको विषयमा प्रचण्डले किरणसँग समेत कुराकानी गरिसकेका छन् । ‘उहाँहरुवीच भएका द्धिपक्षीय वैठकमा यो विषयले प्रवेश पाएको छ । वैद्यजीलाई नेता मानेर जाने कुरा प्रचण्डले उहाँसँगै राख्नुभएको छ ।’ स्रोतले भन्यो । 

२०४४ सालको सेक्टरकाण्डपछि तत्कालीन महासचिव वैद्यले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गरेका थिए । त्यसपछि निरन्तर प्रचण्ड नै पार्टी प्रमुख छ । १२ चैत्रदेखि जारी वैद्य माओवादीको वैठकमा एकीकृत माओवादीसँग एकता गर्ने–नगर्ने विषयमा छलफल जारी रहेका बेला प्रचण्डको प्रस्ताव आएको हो । यो प्रस्तावले वैद्य माओवादीभित्र एकताका पक्षमा रहेकाहरुलाई हौसला दिएको छ । एकताका विषयलाई लिएर अध्यक्ष वैद्य, महासचिव रामबहादुर थापा बादलका छुट्टाछुट्टै प्रस्ताव पेश भएका छन् । त्यसबाहेक युवा नेता कुलबहादुर केसी र लेखनाथ न्यौपानेले पनि छलफलका लागि भन्दै आफ्ना लिखित मत केन्द्रीय कार्यलयमा दर्ता गराएका छन् । विगतमा पार्टी एकताका लागि आफ्नै नेतृत्वमा वार्ता टोली बनाएको, देशभरी माहौल तयार भएको र एकताको पक्षमा जनमत समेत भएको बेला वैद्य एकता पक्रियाबाट पछाडि हटेको आरोप लागेको छ ।

Category:

0 comments