Hindi Films

रामचन्द्र पौडेलले हारेर पनि जिते,

Unknown | 23:47 | 0 comments


ramchandra-and-Sher-bahadur-deubaकाठमाडौं । सभापतिका तीन प्रत्यासी, दुई चरणको मतदान, महामन्त्रीमा ज्वाई ससुराको भिडन्त, नीति भन्दा नेता छान्ने चटारो आदि कारणले नेपाली काँग्रेसकाे यसपालीको १३ औं महाधिवेशन चर्चामा रह्यो ।
यी सबैको बिचमा फेरि सभापतिमा शेरबहादुर देउवाले जितेपनि महामन्त्री र कोषाध्यक्षमा उनको प्यानलका नेताहरु पराजित भएका छन् । सबैको अनुमान विपरित कोषाध्यक्षमा चर्चित नेतृ तथा निवर्तमान कोषाध्यक्ष चित्रलेखा यादवलाई हराउँदै सीतादेवी यादवले आश्चर्यजनक रुपमा जित निकालिन् ।
माओवादी जनयुद्धको समयमा पति गुमाएकी तथा मधेस आन्दोलनमा घर गुमाएकी सीतादेवीको जितलाई कतिपयले न्यायको जितको संज्ञा दिन समेत भ्याएका छन् ।
नेपालको अंगीकृत नागरिकता लिएकी, बिहार मधुवन माइत भएकी नेपालकी बुहारी सीतादेवी काँग्रेसको पदाधिकारी बनेपनि उनले नेपालमा सभामुख, प्रधामन्त्री, राष्ट्रपतिजस्तो कार्यकारी पदमा पुग्न भने सक्ने छैनन । तर उनीसँगै पराजित भएकी चित्रलेखा यादवलाई भने यसमा कुनै छेकबार लाग्नेछैन ।
किनभने उनी सिरहाको जमिन्दार परिवारमा जन्मिएर बंशजको नागरिकता लिएकी नेपालकै छोरी हुन ।
सभापतिमा शेरबहादुर देउवासँग ५२६ मतको फराकिलो अन्तरले पराजित भएका काँग्रेस कार्यबहाक सभापति रामचन्द्र पौडेल आफैले जित्न नसकेपनि उनको रणनीतिले भने काम गरेको छ । उनले आफ्नो तर्फबाट कोषाध्यक्षका प्रत्यासीका रुपमा रहेका फर्मुल्ला मन्सुरलाई छाडेर सीतादेवीलाई उम्मेदवार बनाउने साहसिक निर्णय गरेका थिए । जुन सफल पनि भयो ।
महामन्त्रीमा पनि उनी पक्षकै शशांक कोइराला विजयी भएपनि त्यो परिणाम पूर्वानुमानित थियो । एक त वीपीपुत्र, अर्को कोइराला परिवारको लिगेसी, त्यसमाथि महामन्त्रीमा गगन थापाका ज्वाई ससुरा नै भिडेका कारण पनि उनलाई जित दिलाउन भूमिका खेले ।
रामचन्द्र पौडेल आफै सभापतिमा पराजित भएपनि उनी पक्षीय नेताहरु विजयी भएपछि आगामी दिनमा शेरबहादुर देउवालाई पार्टी चलाउन भने त्यति सजिलो नहुने देखिएको छ ।
देउवा आफैले जितेपनि आफ्नै प्यानलका अन्य नेताहरुलाई जिताउन सकेनन् । अघिल्लो महाधिवेशनमा आफू पराजित भएपनि कोषाध्यक्ष चित्रलेखा यादवलाई जिताउन सफल भएका थिए ।
तर यसपाली चित्रलेखाको ग्राउण्ड त्यति मतबुत थिएन । सुशील कोइराला नेतृत्वको सरकारमा शिक्षामन्त्री रहेकी यादव पार्टी भित्र मात्रै होइन बाहिर पनि निकै अलोकप्रिय बनेकी थिइन ।
त्यसमाथि उनी त्यहीबेला संस्थापन पक्षमा लागेको कुरा बाहिर आएको थियो । तर सभापति सुशील कोइरालाको निधनपछि एकाएक उनी देउवा पक्षमा पुगेकी थिइन । सोही कारण पुष्पा भुसाललाई कोषाध्यक्षमा उठाउने आवाज पनि उठेको थियो । यो सबैलाई बेवास्ता गर्दै उनले संस्थापन पक्षबाट तानेर अर्जुननरसिंह केसीलाई महामन्त्री र चित्रलेखालाई कोषाध्यक्षमा उठाउने निर्णय गरे । जुन निर्णय अफाबसिद्ध भयो ।
पदाधिकारीको मतपरिणामलाई हेर्दा देउवाले सभापतिमा जितेपनि रणनीतिक रुपमा हार ब्येहोरेका छन् र आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने चुनौती थपिएको छ भने रामचन्द्र पौडेलले सभापति पदमा हारेपनि रणनीतिक रुपमा जित हासिल गरेका छन् र आगामी दिनमा देउवालाई अफ्ठेराहरु सिर्जना गरिरहन सक्ने स्थानमा पुगेका छन् ।

Category:

0 comments