प्रचण्ड द्वारा भारत भ्रमण अस्विकार
![]() |

केही समय अघि भारतीय राजदुत रंजित रे द्धारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई भ्रमणका लागी निम्ता पठाएका थिए । भारतीय नाकाबन्दीपश्चात खुलमखुल्ला टकराईरहेका प्रचण्डलाई सन्तुलनमा ल्याउनका लागी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दील्ली भ्रमणको निम्ता पठाएका थिए ।
भारतीय दुतावास स्रोतका अनुसार राजदुत रे ले भ्रमणको निम्ता दिँदै गर्दा प्रचण्डले भ्रमणबारे ‘बिचार गर्ने’ बताएर पठाएका थिए । एमाओवादीका उच्च तहका नेताहरुसँग समेत भ्रमणबारे छलफल गरेका प्रचण्ड बिहिबारसम्म आइपुग्दा भारत भ्रमणको निम्ता अस्विकार गर्ने निर्णयमा पुगेको एमाओवादीका एक उच्च नेताले बताए ।
भारतीय दुतावासले कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रचण्डलाई फरकफरक समयमा दील्ली भ्रमणका लागी निम्त्याएको थियो ।
खबरडबलीले प्रचण्डको नीजि सचिवालयमा बुझ्दा भ्रमणका लागी निम्ता आएको घुमाउरो रुपमा स्विकार गरेपनि थप केही बताउन चाहेन । तर पार्टी एकता, पूनर्निमार्ण लगायतका काममा प्रचण्ड व्यस्त रहेकोले यतिबेला अरु मुलुकको भ्रमणका बारेमा नसोचिएको बतायो ।
![]() |
Category: News
0 comments