Hindi Films

जहाज अपहरणमा संलग्नले राजनीतिक शरण मागे

Unknown | 01:43 | 0 comments


फोटो :एजेन्सी
काठमाडौं:  ८१ यात्रुसहितको इजिप्ट एयरको जहाज अपहरणमा संलग्नले राजनीतिक शरण मागेका छन् ।
अपहरित जहाज र यात्रु छुटाउन भएको वार्ताका क्रममा अपहरणमा संलग्हरुलै आफूहरुलाई राजनीतिक शरण दिइनुपर्ने माग गरेका हुन् । 

समाचार एजेन्सी एएफपीका अनुसार साइप्रसमा अवतरण गराइएको विमानबाट अधिकांश यात्रुलाई मुक्त गर्न सफल भएपनि अझै ४ विदेशी यात्रु र चालक दलका सदस्य बन्धक अवस्थामा छन् । 
इजिप्ट सरकारले जहाज अपहरण संकट करिब सकिएको छ । जहाज अपहरण गर्नेहरुले अहिले राजनीतिक शरण दिनुपर्ने माग गरेका हुन् । 
जहाज अपहरणमा स‌ंलग्नको नाम इब्राहिम समाहा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी २७ वर्षीय रहेका छन् । 
उनले भाषामा समस्या भएपछि अनुवादकको पनि माग गरेको बताइएको छ । जहाजबाट ती युवाले दिएको चिठीमा उनी कुनै युवतीसम्म पुग्न चाहेको उल्लेख गरेका छन् । 
जहाज अपरहणमा संलग्न युवाले विस्फोटकसहितको बेल्ट पनि बाँधेका छन् । त्यसपछि उनले जहाजलाई बमले उडाइदिने धम्की पनि दिएका छन् ।
विमान एलेग्जेन्ड्रियाबाट इजिप्टको राजधानी काहिरा गइरहेको थियो । यसालई साइप्रसमा अवतरण गराइएको छ । सूचना अनुसार पहिले महिला र बालबालिकालाई उतारिएको छ। त्यसपछि बाँकी यात्रुलाई रिहा गरिएको हो । 
जुन यात्रुहरु रिहा भएका छन्, उनीहरु सबैलाई अहिले सुरक्षित स्थानमा पुर्याइसकिएको छ ।
स्रोत: अन्नपूर्ण

Category:

0 comments