६ वर्षीया बालिकालाई घरबाट अपहरण गरी रातभर बलात्कार
![]() |
लुकेर बसेको अवस्थामा प्रहरीले फागुन २० गते अभियुक्त राजकुमारलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत थिमीका प्रहरी नायव उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिएका छन् । पिडित इशानीकी आमाले भने अपराधीलाई कडाभन्दा कडा सजाय गर्न प्रहरीसमक्ष माग गरेकी छिन् । उनले पिडित बालिकाकी आमाले खाना खाएर श्रीमान, छोरा र छोरी सुतेको र आफु छिमेकीको घरमा गएको समयमा छोरीको अपहरण गरी बलात्कार गरीएको बताएकी छिन् । हाल बालीकाको अवस्था सामान्य रहेको र उनलाई एक गैर सरकारी संस्थामा आवश्यक उपचार गरी राखिएका प्रहरीले जानकारी दिएको छ । अभियुक्तलाई मुलुकी ऐनको जबरजस्ती करणीको महलको दफा ३.१ बमोजिम दशवर्ष मुनिको बालिकालाई जबरजस्ती करणी ऐन अनुसारको सजाय गर्नको लागि भक्तपुर अदालतबाट म्याद थप भई कानुनी कारवाही गर्न अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
![]() |
Category: hot news
0 comments