Hindi Films

सिटौलाको तेस्रो गुटको कति छ शक्ति ?लडाई त्रिपक्षी

Unknown | 23:37 | 0 comments

१३औं महाधिवेशनमा सभापतिको महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएपछि काँग्रेसभित्रको द्धिपक्षीय लडाई त्रिपक्षी बनेको छ । काँग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई धक्का दिने गरि सिटौलाले आफ्नो प्यानल घोषणा गरेपछि काँग्रेस महाधिवेशन थप पेचिलो बनेको छ ।
कांग्रेसमा एउटा गुट कोइराला परिवारले नेतृत्व गरिरहेको छ, जसलाई अहिले ‘सस्थापन गुट’ का नामले चिनिन्छ । अर्को गुटको नेतृत्व वरिष्ठ नेता शेरबहादुर देउवाले गरिरहेका छन् जसलाई ‘देउवा गुट’ ले भनिन्छ । तर, अहिले कोइराला परिवारको गुट छैन्, त्यसको नेतृत्व पौडेलकहाँ पुगेको छ । देउवाले आफ्नो गुट कायम राखेका छन भने सिटौलाले नयाँ गुट जन्माएका छन् । सिटौलाले आफ्नो प्यालनको महामन्त्रीमा युवा नेता गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई अगाडि सारेका छन् ।
krishna pd sitaulaसिटौलाको गुटमा कम्तीमा पनि तीनस सय मत छन् । यो मत जित्नाका लागि प्रर्याप्त छैन्, तर सभापतिमा देउवा र पौडेल कसलाई जिताउने भन्नेमा निर्णायक बन्न सक्छ । यदि पहिलो चरणमा सभापतिको चुनावमा कसैले ५१ प्रतिशत मत ल्याएन भने दोस्रो चरणको निर्वाचन हुनेछ । पहिलो चरण्को निर्वाचनमा धेरै मत ल्याउने दूई जनावीच चुनाव हुनेछ, जहाँ तेस्रो शक्ति निर्णायक बनेर आउनेछ । यही बेला हो, सिटौलाले शक्ति देखाउन सक्ने । त्यसबेला उनी संसदीय दलको नेतासँग लेनदेन गरेर पौडेल वा देउवालाई समर्थन गर्न सक्छन् । उनी संसदीय दलको नेता भए भने भावी प्रधानमन्त्रीका दावेदार हुन्छन्, किनभने काँग्रेस विधान अनुसार र प्रचलन अनुसार संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउने गरिएको छ । काँग्रेससहितको राष्ट्रिय सरकारको कुरा उठिरहेका बेला सिटौला भावी सरकारको लागि उपयुक्त पात्र पनि हुन सक्छन् ।
सिटौलाको शक्ति आर्जन
विशेषतः तत्कालिन नेकपा माओवादीले गरिरहेको जनयुद्धलाई विश्राम दिई शान्ति प्रक्रियामा ल्याउनका लागि कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी पुरा गरेका कारण कांग्रेस र देशको राजनीतिमा केन्द्रीय भूमिका र हैसियत बनाएका हुन सिटौलाले ।
सुशील कोइरालाको निधन नभएको भए उनी १३ औं महाधिवेशनबाट कांग्रेसमा निर्वाचित महामन्त्री बन्न चाहन्थे । सुशीलको निधनपछि कार्यवाहक सभापति रामचन्द्र पौडेल अगाडि आए, जसलाई सिटौलाले स्वीकार गरेनन् र आफै सभापतिको उम्मेदवार बने ।
१२ औं महाधिवेशनमा खुल्ला २५ केन्द्रिय सदस्य मध्य १५औं नम्वरमा केन्द्रिय सदस्य जितेका थिए सिटौलाले । तर, ‘अदृष्य शक्ति’ प्रयोग गरी अन्तिम समयमा सभापतिको सिफारिसमा केन्द्रिय समितिबाट महामन्त्रीमा मनोनित भएको उनीमाथि आरोप लाग्यो ।
सुशीलको निधन नहुँदै सिटौलाले आफुलाई प्रत्यक्ष तर्फ महामन्त्रीको उम्मेदवार बनाउन बार्गेनिङ गरिरहेका थिए । आफ्नो वार्गेनिङले स्थान पाउने सम्भावना नदेखेपछि क्याम्प परिवर्तन गरेर भएपनि महामन्त्रीको उम्मेदवार बन्ने रणनीतिमा उनी पुगेका थिए । तर, अन्तिममा उनले आफु महाधिवेशनमा कुनै पनि गुटमा नलागि आफ्नै नयाँ गुट निर्माण गरी सभापतिको उम्मेदवार बन्ने सार्वजनिक गरे । त्यसको काँग्रेसका केही नेताहरुले ‘वार्गेनिङ’ का लागि आएको अभिव्यक्तिका रुपमा लिएका थिए ।
krishna sitola (4)सिटौलाले वरिष्ठ नेता शेरबहादुर देउवालाई पनि भेटेर आफुले सभापतिमा सहयोग गर्नका लागि दुई विकल्प प्रस्तुत गरेको देउवा निकट स्रोत बताउँथ्यो । स्रोतका अनुसार सिटौलाले देउवालाई कि महामन्त्रीको प्रत्यक्ष तर्फको उम्मेदवार, त्यो सम्भव नभए महाधिवेशन पछि संसदीय दलको नेता बनाएर प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रतिवद्धता जनाए महाधिवेशनमा सहयोग गर्ने बताएका थिए । तर, नेता देउवाले त्यस विषयमा मुख फोरेनन् । देउवाले ढिला गरेपछि सिटौलाले आफ्नो प्यानल बनाउनतिर लागे ।
सिटौला निकट स्रोतका अनुसार उनको भित्री इच्छा प्रधानमन्त्री हुने छ । यसका लागि उनले दोस्रो चरणको निर्वाचनमा आफुले सर्मथन गरेको नेतालाई सभापति बनाउनुपर्ने हुन्छ ।
krishna sitola (5)
सिटौलाको राजनीति इतिहास
सिटौला राजनीतिमा आउनुअघि पढाउथे । उनी विज्ञान विषयका शिक्षक थिए । झापाको अनारमनीस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा सिटौलाले कक्षा नौ र दशमा पढाएका थिए । ०२८ देखि ०३४ सम्म ६ वर्ष उनी शिक्षण पेसामा थिए । त्यसपछि सिटौलाले केही वर्ष वकालत पनि गरे । उनले ०३५ देखि ०४० सम्म झापामा वकालत गरेका थिए ।
राजनीतिमा लाग्नेवेलासम्म अधिवक्ता रहेका झापाका सिटौला कम्युनिस्ट विचारधारा लिएर राजनीति सुरु गरेका हुन । वामपन्थी राजनीतिमै रहेका वेला सिटौलालाई ०३६ सालको जनमत संग्रहअघि कांग्रेस तत्कालिन झापाका सभापति भरतबाबु प्रसाईंले कांग्रेसमा प्रवेश गराएका थिए । प्रसाईंले सिटौलालाई जनमोर्चाबाट कांग्रेसमा प्रवेश गराएर जिल्ला सदस्य बनाएका थिए । सिटौलाको पारिवारिक ‘ब्याकग्राउन्ड’ भने कांग्रेसको राजनीतिमै थियो । त्यही भएर पनि उनी वामपन्थी राजनीति त्यागेर कांग्रेसमा प्रवेश गरेको उनका समकालीनहरू बताउँछन् ।
कांग्रेस प्रवेश गरेपछि सिधै जिल्ला कार्यसमिति सदस्य बनेका सिटौला ०४२ मा कांग्रेस झापाको कार्यसमितिमा उपसभापति र ०४८ मा सभापति नै बने ।
सिटौलालाई ०५५ मा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । त्यसपछि उनी ०५७ मा पोखरामा सम्पन्न दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
०५७ को पोखरा महाधिवेशनदेखि १२औँ महाधिवेशनसम्म सिटौला केन्द्रीय समितिमा निरन्तर रहे । सिटौला गिरिजाप्रसाद कोइरालाको निगाहमा राजनीति गरेर यहाँसम्म पुगेका हुन ।
०४८ को संसद् निर्वाचनमा एमालेका तर्फबाट झापा क्षेत्र नम्बर–३ बाट निर्वाचित द्रोणाचार्य क्षेत्रीको मृत्यु भएपछि भएको उपनिर्वाचनमा विजयी भएपछि पहिलोपटक सांसद भएका सिटौला ०५१ को निर्वाचनमा झापाकै क्षेत्र नम्बर–३ बाट पराजित भए । ०५६ मा त्यही क्षेत्रबाट उनी विजयी बने ।
संविधानसभाको पहिलो चुनावमा भने झापा क्षेत्र नम्बर–३ बाटै एकीकृत माओवादीका पूर्णप्रकाश राजवंशीसँगग पराजित भएका थिए सिटौला । दोस्रो संविधानसभा निर्वाचनमा त्यही क्षेत्रबाट विजयी भए । उनी अहिलेसम्म उद्योग वाणिज्य तथा राज्यमन्त्री, गृहमन्त्री, रक्षा, कानुन तथा संस्कृतिमन्त्री तथा उपप्रधानमन्त्री भइसकेका छन् ।

Category:

0 comments