Hindi Films

मोदनाथ प्रश्रितको यौनहिंसा खुलासासहित शारदा भुषालको आत्मकथा

Unknown | 00:15 | 0 comments


unnamed (3)‘मेटिन्थ्यो कलीको ध्वाँसो बुवाको सामुमा हुँदा
जस्तै सुवर्णको मैला जान्छ तेजाबले धुँदा ।’
सुन्दर हरफ, छन्दबद्ध लेख रचना र समयलाई चिनेर साहित्यिक कृतिहरू रचना गर्न माहिर मानिएका एमाले सम्वद्ध प्रगतिवादी साहित्यकार मोदनाथ प्रश्रित, पूर्व शिक्षामन्त्री पनि हुन् । अहिले ७४ वर्षको उमेरमा पार्टीबाट सन्यास लिएर बुढ्यौली जीवन बिताइरहेका छन् ।
उनको यो मुखुन्डो तब उत्रिन्छ, जब उनीबाट करिव सात महिना लामो यौन हिंसाकी शिकार भएकी शारदा भुषालद्वारा लिखित भर्खरै सार्वजनिक गरिएको उनको आत्मकथा ‘धरातल’ पढिन्छ । ०४७ सालमा उनीमाथि पटक–पटक बलात्कार गरेको र त्यस कुकर्ममा शारदाको आफ्नै बाबु गुणनिधि भुषालले सहयोग गरेपछि २५ वर्षसम्म न्यायको लागि भौतारिएको पीडा शारदाले ‘धरातल’मा उतारेकी छिन् । भ्रष्टाचारविरुद्ध तीनपटक आमरण अनसनसमेत बसिसकेकी साहसी महिला मानिन्छिन् ।
उनको आत्मकथा पढ्दा धेरैपटक आङ सिरिङ्ग हुन्छ । टिभीमा अन्तर्वार्ता देखाइदिने नाउँमा उनीमाथि यौनप्रस्ताव गरिएको लेखिकाले निडर भएर खुलाएकी छिन् । पढाउन भनेर काठमाडौंमा आफ्नै बाबुको सहयोगमा मोदनाथसँग राखिएकी १३ बर्षे किशोरी बारम्बार यौनहिंसामा परेपछि कसरी भागेर हिँडिन् भन्ने सविस्तार खुलाइएको छ । मोदनाथले उबेला पनि आफ्नो बचाउ गर्दै भनेका थिए रे, ‘कान्छी स्वास्नी बनाउन भनेर राखेको, तर भागेर हिँडी ।’
उनले उल्लेख गरेको पीडा त दर्दनाक छँदैछ, त्यसमाथि हाम्रो समाजमा विभिन्न आवरणमा रहेका कुनियतधारी मनुष्यको कमी छैन भन्ने पुस्तक पढेपछि थाहा पाउँछौं । यो हाम्रो समाजको ऐना हो, यसले हाम्रै आकृतिहरूको प्रतिबिम्ब छापेको छ । राजनीतिक पार्टीको आवरणमा आफ्नो वास्तविक अनुहार छोपेका पात्रहरू अहिले मोदनाथमात्र होइनन्, धेरै छन् ।
पुस्तक प्रकाशन भएपछि शारदा भुषालले असुरक्षित महसुस गरेकी छिन् । तर प्रशासन र राज्यका निकायहरू मौन छन् । तरकारी किन्न जाँदा उनले मास्क लगाएर जानुपर्ने स्थिति छ । एक हप्तामा ६ वटा नम्बर फेरिसकिन्, तर धम्की आउन छोड्दैन । राज्यको लागि यो चुनौती हो । यो पुस्तक पढ्नु र उनको पक्षमा आवाज उठाउनु पनि हाम्रो कर्तव्य भएको छ ।


Category:

0 comments