Hindi Films

यी प्रहरी जसले हतियार सहित भारत छिरेर अपराधि समाते

Unknown | 07:34 | 0 comments

 
nepal-policeसुनौली। नेपाल प्रहरीका एक जवानले भारत नेपाल सुनौल नाकाबाट भारतमा प्रवेश गरेका एक जनालाई लागूऔषध सहित गिरफ्तार गरेर नेपाल ल्याएका छन् ।
हतियार सहित पोशाकमा भारत प्रवेश गरेका प्रहरीका जवानले आईतवार १:३० बजे सुनौल नाकाबाट भारतमा प्रवेश गरि नशालु पदार्थ बोकेका एक युवकलाई गिरफ्तार गरेर ल्याएका हुन्।
त्यसबेलामा भारतीय एसएसबी र प्रहरी अधिकारीहरुले नेपाल प्रहरीका जवानलाई कुनै रोकटोक गर्न भने सकेनन् ।
ती युवकलाई नेपाल प्रहरीका जवानले गिरफ्तार गरेर ल्याउँदा भारतीय सुनौल एसएसवि र सिमामा तैनाथ भारतीय सुरक्षा अधिकारीहरु हेरेको हेर्यै भएको बताईएको छ ।
केहि समय अगाडी भारतीय एसएसवि हतियार सहित नेपाल प्रवेश गर्दा उनीहरुलाई नेपाल प्रहरीले गिरफ्तार गरेकोको थियो
दुई देशका सुरक्षा अधिकारीहरुको सहमतिमा गिरफ्तार गरिएका एसएसवि जवानहरुलाई सोधपुछ पनि मुक्त गरिएको थियो ।
त्यो घटनाको बारेमा कारवाहीमा परिन्छ कि भनेर सुनौल नाकामा तैनाथ प्रहरीले भारतीय प्रहरीका डीएम र एसपीलाई खबर सम्म नगरेको जनाईएको छ ।
त्यो घटनाको बारेमा भारतीय डीएम वीरेन्द्र कुमार सिंह र एसपी भारत सिंह यादवले अनुसन्धान पछि कमजोरी गर्ने भारतीय प्रहरीका अधिकारि माथि कारवाहीको प्रक्रिया अगाडी बढाउने जनाईएको छ ।
 

Category:

0 comments