Hindi Films

एक भए, दश बर्ष सँगै लड्नेहरु,बाबुराम र वैद्यलाई प्रचण्डको निम्ता !

Unknown | 18:12 | 0 comments

10 maoist parties unification (1)
काठमाडौं–राजधानीको बबरमहलस्थित अग्लो भागमा रहेको कार्की बैंक्वेटको प्रवेशद्वारदेखि नै राता झण्डाहरु फर्फराइरहेका थिए । बैंक्वेट्स बाहिर आधा दर्जन मन्त्रीका गाडीहरु पार्किङ गरिएका थिए ।
बिहीबार दिउँसो साँढे २ बजे शुरु हुने माओवादीहरुको एकता घोषणासभामा सहभागी हुन १२ नबज्दै माओवादी समर्थन र शुभचिन्तकहरु बबरमहल पुगिसकेका थिए । सयौं गाडी र मोटरसाईकलले बबरमहलका सडकपेटी र गल्लीहरु ढाकिएको थियो ।
कार्की बैंक्वेट्सको ठूलो हलमा ५ सय ९९ केन्द्रीय सदस्यहरु नयाँ पार्टीको नयाँ कार्यनीति तय गर्दै थिए । बेला–बेला निस्कने नेताहरुलाई घेरेर कार्यकर्ताहरु सोध्थे, ‘भित्रको कुरा कतिबेला सकिन्छ, र एकता घोषणा हुन्छ ?’ बैंक्वेट्सको भित्री हलमा प्रचण्ड, रामबहादुर थापा ‘बादल’, मणि थापा र मात्रिका यादव एउटै मञ्चमा बसेर नयाँ कार्यनीति तय गर्दै थिए, सिसाको झ्यालबाट कार्यकर्ताहरु बेला–बेला चियाउँथे ।
घडीको सुईले ३ बजेको संकेत गर्दा मुसलधारे पानी ओइरियो । त्यसपछि हलभित्रबाट कसैले भित्र आउन सामान्य संकेत गर्नासाथ ठूलो संख्यामा रहेका माओवादी कार्यकर्ता तथा शुभचिन्तक कार्की बैंक्वेटस्को ठूलो हलमा ठेलमठेल गर्दै प्रवेश गरे । कार्की बैंक्वेटको त्यहि ठूलो हलबाट १० माओवादी घटकहरु एक भएको घोषणा गरिएको छ ।10 maoist parties unification (12)
बिहीबार आयोजित घोषणा सभाबाट ०६९ असार ५ गते बौद्ध भेला गरेर प्रचण्डसँग सम्वन्ध विच्छेद गरेका उनका पुराना सहयात्री रामबहादुर थापा ‘बादल’ सहित नारायणकाजी श्रेष्ठ माओवादीमा आउँदा बिच्किएका मात्रिका यादव र अर्का पुराना माओवादी मणि थापाबीच एकता भएको छ । मोहन वैद्य नेतृत्वको माओवादीबाट सम्वन्ध विच्छेद गरेर विप्लवसँग हिँडेका तिलक परियार, पछिल्लो समय आफूलाई स्वतन्त्र भन्न रुचाउने जयपुरी घर्तीलगायतका होनाहार माओवादी नेताहरुले आजबाट एक भएको घोषणा गर्दै माओवादी आन्दोलनलाई अझैँ नयाँ उचाईबाट अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रचण्डसँग सम्वन्ध विच्छेद गरेर हिँडेका मणि थापासहित, नारायण शर्मा, देव गुरुङ, हितमान शाक्य जस्ता नेताहरु १० वर्षे जनयुद्धमा सँगै थिए । पुराना अनुहार एक भएर शहिद तथा बेपत्ता परिवारको आँशु पुछ्ने अठोट गरेसँगै देशभरका कार्यकर्तामा खुसियाली छाएको छ ।
बाबुराम र वैद्यलाई प्रचण्डको निम्ता !
युद्वकालमा प्रभावशाली नेता राम बहादुर थापालाई साथमा राखेर पार्टी एक भएको घोषणा गरेका प्रचण्डले त्यहि मञ्चबाट पुराना युद्धकालीन गुरु मोहन वैद्य ‘किरण’ र अर्का सहयात्री डा. बाबुराम भट्टराईलाई पुरानो घरमा फर्कन अपिल गरेका छन् । किरण र आफूसँगै रहेर हजारौं जनताको बलिदान हुनेगरी युद्ध चलाएको स्मरण गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले भने, ‘त्यो हाम्रो अभियानलाई निचोडमा पुर्याउन हामी एक हुन जरुरी छ ।’
10 maoist parties unification (7)
त्यस्तै प्रचण्डसँग सम्वन्ध विच्छेद गरेर नयाँ शक्ति बनाउन लागिपरेका डा. बाबुराम भट्टराईलाई युद्ध सम्झाउँदै प्रचण्डले भने, ‘हिजो बाबुराम भट्टराई जनसत्ताको प्रमुख हुनुहुन्थ्यो, उनको निर्देशनमा धेरै कामकारवाही भएका छन्, त्यसकारण अहिले अन्तै गएँ भनेर तपाईले सुख पाउनुहुन्न, आउनुहोस एकता गरौं ।’
नयाँ शक्ति भनेर बुर्जुवाहरुलाई लिएर नहिँड्न आग्रह गर्दै उनले भट्टराईलाई भने, ‘अब नयाँ माओवादी बनाऔं ।’
सचिवालय बन्यो ‘जम्बो’
पुराना सबै नामका माओवादी भत्काएर बनेको नेकपा (माओवादी केन्द्र) को नेतृत्व प्रचण्डले लिएका छन् । त्यस्तै नयाँ पार्टीको सचिवालय जम्बो बनाईएको छ । एमाओवादीमा रहेका १३ जना स्थायी समिति सदस्यहरु, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) मा रहेका ६ जना स्थायी समिती सदस्यहरु, मातृका यादव, गोपाल ठाकुर, मणि थापा र विप्लव समूहका तिलक परियार र स्वतन्त्र नेतृ जयपुरी घर्तीमगरसहित २४ जनाको सचिवालय बनाईएको नेता नारायण शर्माले जानकारी दिए ।
नयाँ पार्टीको महाधिवेशन २०७३ सालको अन्तमा गरिसक्ने जानकारी दिँदै अध्यक्ष प्रचण्डले ६९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाईएको जानकारी दिए ।10 maoist parties unification (4)



Category:

0 comments