Hindi Films

नक्कली सहायक प्रमुख जिल्ला अधिकारीले आंतक मच्चाउँदा ..

Unknown | 07:10 | 0 comments


सहायक प्रमुख जिल्ला अधिकारी बताउँदै हिड्ने दिपक विसी ।सहायक प्रमुख जिल्ला अधिकारी बताउँदै हिड्ने दिपक विसी ।
दैलेख–जाजरकोट साल्म – ९ का दिपक बिसीले चुप्रा प्रहरी चौकीमा आफू नयाँ सहायक प्रमुख जिल्ला अधिकारी भनेपछि प्रहरीले जय नेपाल भनेर स्वागत गरे। आफूसँग सवारी साधन नभएको भनेपछि चुप्रा प्रहरीले सदरमुकामसम्म मोटरसाइलकमा पुर्याउने व्यवस्था समेत मिलाए।
सदरमुकाममा आए लगत्तै उनी सरकारी कार्यालयमा आफू सहायक प्रमुख जिल्ला अधिकारी भनेर बैठक तथा कार्यक्रममा सहभागीसमेत भए। कती कार्यालय प्रमुखलाई तर्साए पनि। महिला विकास कार्यालय भएको बैठकमा उनी सहायक प्रमुख जिल्ला अधिकारीकै हैसियतमा सहभागी भए। आफू नयाँ आएको भनेपछि विश्वास नमान्ने कुरै भएन। बैठकमै मतव्य राखे र कर्मचारीलाई निर्देशन समेत दिए। र अन्त्यमा भत्ता बुझेर कार्यालयबाट बाहिरिए।

बजारका होटलमा नयाँ सहायक प्रमुख जिल्ला अधिकारी भन्दै धम्क्याएर दिक्क बनाए। कार्यालय प्रमुखहरुले प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीलाई नयाँ सहायक आएको खबर सुनाएपछि उनी दंग भए । उनले प्रहरीको सहयोग मागेर नक्कली सहायक प्रमुख जिल्ला अधिकारीलाई खोजे। होटलमा धम्क्याई रहेको अवस्थामा उनलाई प्रहरीले हिरासतमा लियो। तर, सादा पोशाकका प्रहरीलाई आफू सहायक प्रमुख जिल्ला अधिकारी भएको भन्दै प्रतिकारमा उत्रेर प्रहरीसँग कुट्नै खोजेपछि नियन्त्रणमा लिइएको हो।
लामो समयदेखि दैलेखमा सहायक प्रमुख जिल्ला अधिकारी समेत थिएनन्। 'प्रमुख जिल्ला अधिकारीले नक्कली सहायक प्रमुख जिल्ला अधिकारी बताउँदै हिड्ने मान्छेलाई खोज्न भनेपछि सादा पोशाकका प्रहरी खटायो,' दैलेख प्रहरी प्रमुख (डिएसपी) वीरबहादुर ओलीले भने, 'पक्राउ गर्न खोज्दा प्रहरीसँग लड्नै कस्सियो।' बिसीलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ। चारैतिरबाट सहायक प्रजिअले होहल्ला गरेको खबर आएपछि प्रहरीले पक्रान लगाएर मुद्दा लगाएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । जिल्लामा आएपछि सहायक प्रमुख जिल्ला अधिकारी नभएको थाहा पाएपछि आफू नै हुँ भनेर हिडेको नक्कली सहायक जिल्ला अधिकारी बनेर हिडेका दिपक विसीले प्रहरीलाई बयान दिएका छन् ।

Category:

0 comments