Hindi Films

दिल्ली अनुमति नपाएपछि हिमालयको व्यवसायिक उडान दोहाबाट

Unknown | 06:46 | 0 comments

करिब अढाई महिनादेखि दिल्लीको उडान अनुमति नपाएपछि अन्तत: हिमालय एयरलाइन्स आफ्नो पहिलो व्यवसायिक उडान दोहाबाट गर्ने भएको छ
जेष्ठ ९, २०७३- नेपालको उड्डयन व्यवसायमा हालसम्मकै सबैभन्दा ठूलो वैदेशिक लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले दिल्लीका लागि नियमित उडान नपाएपछि आगामी मंगलबारदेखि दोहा उडान सुरु गर्ने भएको छ ।
गत फागुन २६ गते पहिलो एयरबस ए–३२० विमान चीनको छेन्दु हुँदै काठमाडौं ओरालेको हिमालयले भारतको राजधानीको उडान अनुमति नपाएपछि जेठ १८ गतेदेखि काठमाडौं–दोहा–काठमाडौं नियमित उडान गर्ने भएको छ । स्रोतका अनुसार, तिब्बत एयरलायन्सको ४९ प्रतिशत लगानी भनिएको हिमालयको लगानीकै विषयमा ‘क्लियर’ भएपछि भारतको नागरिक उड्डयन कार्यालयले अढाई महिनादेखि यस एयरलाइन्सको फाइल ‘होल्ड’मा राखिरहेको छ ।
गत चैत १७ मा  दिल्लीकालागी प्रुभिङ्ग उडान पनि गरिसकेको यस कम्पनीले अनुमति नपाएपछि काठमाडौं विमानस्थलको पार्किङमा थन्किएको आफ्नो एक्लो एयरबसको नियमित उडान दोहाबाट सुरु गर्न लागेको हो । काठमाडौंमा जहाज ओराल्नुअघि देखि नै भारतको राजधानीबाट पहिलो व्यवसायिक उडानको घोषणा गरेको हिमालयले सोमबार आफ्नो पुरानो अभिव्यक्तिलाई सच्याउँदै दोहाबाट पहिलो व्यवसायिक उडान गर्ने घोषणा गर्ने कार्यक्रम राखेको छ । उसले यो विषयसहित हालसम्मको अल्झनबारे पनि बताउन पहिलोपटक पत्रकार सम्मेलन गर्दै छ ।
हिमालयनिकट स्रोतका अनुसार, जेठ १८ देखी दोहा उडान साताभर नै हुनेछ । ‘हामीले दोहाको अनुमती पाइसक्यौं,’ हिमालयका एक अधिकारीले भने, ‘बेलुकी ११ बजे दोहा जाने छौ विहानै काठमाडौं फर्किने छौ ।’ ती अधिकारीले नागरिक उड्डयन प्राधिकरणबाट कोलम्बोकालागी पनि नियमित उडान अनुमती पाइसकेको बताए । अनुमती पाएपनि यस्ले यात्रु अभाव लगायतका कारण कोलम्बोकालागी नियमित उडान गर्ने योजना बनाएको छैन ।
भारतले अनुमती नदिएकै कारण यसअघि यस्ले कोलम्बोतर्फ निश्चित तालिका बिनै दुईपटक (नन सेड्युल) उडान गरेको थियो । दिल्लीको अनुमति ‘बेलैमा’ नपाएपछि यस्ले गत चैत २७ गते एकाएक ५ दिने कोलम्बो उडानको अफर सार्वजनिक गरेको थियो । यो अफरले दुइतर्फी भाडा ५५ र ३५ हजारमा क्रमश बिजनेस र इकोनोमी श्रेणीको टिकट अफर गरेको थियो । ५ दिन ४ रातको यो  अफरमा टिकट खरिद गर्ने यात्रुलाई जहाजले कोलम्बो घुमाएर नेपाल ल्याएको थियो । यो अफर उसले फेरि बैशाख २१ गते दोस्रो पटक पनि ल्याएको थियो । यो अफरमा कोलम्बो जानेहरूलाई खान/बस्नको पनि सुविधा दिइएको थियो । हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले दिल्ली उडान अनुमति प्रक्रियामै रहेको बताए । ‘दिल्ली प्रमिट प्रोसेसमै छ । हुन्छ होला,’ श्रेष्ठले आशावादी हुँदै भने, ‘अनुमति पाएपछि हामी दोस्रो उडान दिल्लीबाट गर्ने छौं ।’
यो कम्पनीमा नेपाली लगानीकर्ता कम्पनी यति वर्ल्ड इन्भेस्टमेन्ट आवद्ध छ । ५१ प्रतिशत लगानी रहेको दाबी गर्ने यति वर्ल्ड काठमाडौंमा आन्तरिक उडान भर्दै आएको यति र तारा एयरलायन्सका मुख्य लगानीकर्ता आङछिरिङ शेर्पाको कम्पनी हो । यस्मा बैंकर पृथ्वीबहादुर पाण्डेको कम्पनी एचआईएफ एभिएसन इन्भेस्टमेन्टले पनि लगानी गर्ने भनिएको थियो तर पाण्डे समूह लगानी नै नगरी बाहिरिने तरखरमा रहेको यस निकट स्रोतले बतायो ।
हालसम्म काठमाडौंबाट १० पटक नन सेड्युल उडान गरिसकेको हिमालयले नै प्रधानमन्त्री केपी ओलीसहित १ सय हाराहारी विशिष्ट व्यक्तिहरू सम्मिलित टोलीलाई चीन पनि पुर्‍याएको थियो । त्यो यसको ‘कमर्सियल’ नभई ‘नन–रेभेन्यु चार्टर फ्लाइट’ थियो । चीनको ल्हासा, चेंगदु र बेइजिङ्ग पनि उडान भर्ने योजना सार्वजनिक गरेको हिमालयले दिल्लीका लागि व्यवस्थापकीय पक्ष देखाउन गरिने प्रुभिङ उडान पनि गरिसकेको छ ।


 Source : kantipur.ekantipur.

Category:

0 comments