Hindi Films

राशिफल: आइतबार, जेठ २ २०७३

Unknown | 07:35 | 0 comments




मेष
मेष (चू चे चो ला ली लु ले लो अ)
समय केही प्रतिकूल हुने देखिएको छ । कामहरुमा उल्झन आउने, सोचेको व्यक्तिबाट असहयोग हुने तथा बनिसकेको काम अन्त्यमा गएर बिग्रने जस्ता कुराले निराश बनाउला । दिनको मध्य तिर ग्रहको फल आफ्नो पक्षमा आइ कार्य सफलता दिनेछ ।
वृष
वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
शत्रु माथि विजय गरिनेछ । विवादित मुद्धा किनारा लाग्लान् । मान्यजनबाट अर्ति उपदेश पाइने छ । सार्थक परिणाम आउने काममा हात हालिनेछ । सामाजिक प्रतिष्ठा पाइने छ । स्वास्थ्यमा आरोग्यता मिल्नेछ, शृङ्गारादिमा आर्थिक व्यय हुनेछ ।
मिथुन
मिथुन (का कि कु घ ङ छ के को हा)
गलत व्यक्तिको आश्रयका कारण प्रतिष्ठा कमजोर हुनेछ । मुल(सम्पत्तिको प्रयोगमा सावधान हुने बेला आएको छ । गाडी वाहनको प्रयोगमा सावधान रहनु होला, चोट पटकादी भय रहेको छ । अपमानित हुने तथा झुठा मुद्धा लाग्ने समय रहेको छ ।
कर्कट
कर्कट (ही हु हे हो डा डि डु डे डो)
व्यय भार बढेपनि आय आर्जनका स्थायी मार्ग पत्ता लाग्ने छन् । आपसी मेल मिलाप र भाइचारा बढ्ने छ । शरीरमा आरोग्यता प्राप्त भै काम गर्ने स्फूर्ति बढ्ने छ । सबैको प्रिय लाग्ने काम गर्नाले सामाजिक प्रतिष्ठा बढ्ने छ । रचनात्मक कार्यमा लगानीको शुभ योग रहेको छ ।
सिंह
सिंह (मा मि मू मे मो टा टी टु टे)
शुभ सामाजिक परिवेशका कारण केही गर्ने संकल्प गरिने छ । आपसी तालमेल र निस्कपट कार्य शैलीले सबैलाई फाइदा नै पुर्याउने छ । गुप्त शत्रुहरु नासिने छन् । गाडी वाहन सुख मिल्नेछ । जग्गा जमिनका विवादित मुद्धा किनारा लाग्ने छन् ।
कन्या
कन्या (टो प पी पु ष ण ठ पे मो)
भनाइ र गराइमा सामन्जस्यता ल्याउनु जरुरी देखिएको छ । सन्तान सन्तति आफ्नो इशारामा चल्ने भएकोले सुख पाइने छ । केही भरपर्दा र विश्वसनिय आयका आधार प्राप्त हुनेछन् । आफन्तको सकारात्मक व्यवहारले उत्साहित बनाउने छ ।
तुला
तुला (र री रु रे रो ता ती तू ते)
मनमा गलत कुराको संचार हुने भयकोले सत्संगमा लाग्नु उपयुक्त हुनेछ । टाढाका मित्रजनबाट अनपेक्षित व्यवहार प्रदर्शन हुनेछ । स्वास्थ्योपचारमा अधिक खर्च हुने देखिएको छ । दिनको मध्यबाट भने गुमेको धन हतलाग्ने छ, आय आर्जनका स्रोत बढ्ने छन् ।
वृश्चिक
वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
सन्तान मार्गबाट अशुभ संकेतले चिन्तित बनाउने छ । माया पिरतीका कुरामा भने शुभ संकेत मिल्नेछ । यात्रा फलदायी रहला । तार्किक क्षमता बढ्ने छ । मित्र बन्धुका बीचका असमझदारी दुर भै नयाँ सम्बन्ध स्थापित हुनेछन् । आत्म शक्ति मजबुत हुनेछ ।
धनु
धनु (य यो भा भी भू ध फा ढ भे)
सुरुमा प्रशस्त आम्दानीको योग भए तापनि खर्चको मात्रा बढ्ने देखिन्छ । आफ्नै ढिपीले पैसा र समय खेर जाला । प्रियजनसँग भेट होला । आतिथ्यपूर्ण सम्मान पाइएला । मान, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ । प्रशंसकहरू थपिएर जालान् ।
मकर
मकर (जो जा जी खी खू खे खो गा गी)
काममा उत्साह थपिनेछ । भाग्यको साथ पाउनु हुनेछ । मनमा उत्साह र जाँगर थापिने छ । उच्च विचार र साधा जीवनमा विश्वास गरिने छ । बिचारमा महानता देखिने छ । साहित्यिक तथा रचनात्मक कलाकारितामा सफलता मिल्नेछ ।
कुम्भ
कुम्भ (गू गे गो सा सी सु से सो द)
आर्थिक मजबुती सवल रहने छ । विचारमा सुस्पष्टता र कार्यमा लगनशीलता बढ्ने छ । कार्य क्षेत्रमा नयाँ बेस बन्ने छ । मितेरी सम्बन्ध स्थापित हुने ग्रह योग रहेको छ । दिनको अन्त्यमा भने मानसिक अशान्ति, कार्य बिलम्बता र अधिक व्यय हुने योग छ, सावधान रहनु होला ।
मीन
मीन (दि दू थ भ ञ दे दो चा ची)
समाज सेवामा लागिने छ । आर्थिक उन्नति तर्फ तपार्इंको ध्यान जानेछ । भाग्यमा विश्वास बढ्ने छ । तन्त्र, मन्त्र तथा आध्यात्मिक कार्यमा रुची हुनेछ । अरुको भरमा पर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ । सहयोगीहरु बढ्ने छन् । व्यवहारमा पारदर्शी बनिने छ ।

Category:

0 comments