माओवादी एकता गर्न पाँच जनाको संयोजन समिति बन्यो
![]() |

समितिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राम बहादुर थापा ‘बादल’, जयपुरी घर्ती, मणि थापा र वसन्त घर्ती रहेका छन् ।
कार्यक्रममा पाँच माओवादीबीच १३ बुँदे एकताको आधारपत्रमा समेत हस्ताक्षर भएको छ । एकता अधिवेशन भने वैशाख ६ गते हुने भएको छ ।
डेढ वर्षअघि सुरु भएको माओवादी पुर्नगठन अभियानले यो एकतामा महत्वपूर्ण रोल खेलेको छ । रातोपाटीसँग कुरा गर्दै पुर्नगठन अभियानका नेता जनार्दन शर्माले भने, ‘बाँकी रहेका अरु माओवादी पनि यसमा विस्तारै आउनेछन् ।’
![]() |
Category: News
0 comments