Hindi Films

राशिफल: २०७३ साल जेष्ठ ३ गते सोमबार

Unknown | 07:36 | 0 comments

  


Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । मातापिताको सहयोग प्राप्त होला। घरायसी खर्च भने बढ्नेछ । तापनि अरूलाई खुसी तुल्याएर काम बनाउन सकिनेछ ।
Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । सेवाभावले गरिएका क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा प्रगति हुनेछ। सुखद समाचार सुन्न पाइएला। परिश्रमको प्रतिफल राम्रै पाइनेछ। धर्मकर्म वा मंगलमय कृत्य सम्पादन गर्ने र तीर्थाटन समेतको योग छ।
Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):
विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। मिथ्या भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।
Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । उत्साहवद्र्धक समाचार सुन्न पाइनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ।
Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र व्यवसायमा फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला । लेनदेनमा विवाद आउने योग छ, विपरीत लिंगीहरूबाट सजग रहनुहोला ।
Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। काममा पनि फाइदाको योग छ। व्यापारमा भने अलि कम फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। गृहस्थीहरूलाई सन्तान वा सहयोगीले प्रसन्नता दिलाउनेछन् ।
Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ ।
Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु):प्नयाँ काममा हात हाल्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। पुरानो समस्या समेत सुल्झाउने समय छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। प्रतिस्पर्धापछि लाभ मिल्ने योग छ ।
Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। प्रसन्नताको समय छ ।
Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):विशेष भेटघाट र विभिन्न उपहार हातलागी हुने समय छ । आत्म–विश्वास बढ्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ । पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको समेत आनन्द मिल्नेछ । स्वास्थ्यमा आरोग्य र कामबाट फुर्सद मिल्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।
Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा):केही मात्रामा खर्च बढ्नेछ। तर दिगो फाइदा दिने काममा लगानी गर्ने मौका छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ र बिस्तारै फाइदा समेत मिल्नेछ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । अलि प्रतिस्पर्धा गर्नुपरे पनि अन्ततः फाइदा हुनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):धेरै श्रमपछि तत्काललाई कम मूल्य पाइएला । तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन् । भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ ।

Category:

0 comments