Hindi Films

तीन आरोप लगाउँदै राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाइयो

Unknown | 07:34 | 0 comments

वैशाख २४, २०७३- सरकारले दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएको छ । परराष्ट्र मन्त्रालयले राजदूत उपाध्यायलाई तीन आरोप लगाउँदै फिर्ता बोलाएको हो । मन्त्रालय निकट स्रोतका अनुसार उपाध्यायले सरकार परिवर्तन गर्न नांगोरुपमा प्रस्तुत भएको, नेपालमा आउँदा परराष्ट्रलाई जानकारी नगराएको र भारतीय राजदूत रञ्जीत रेसँग मधेसका जिल्ला भ्रमण गरेर सरकारविरोधी गतिविधि बढाएको आरोप लगाइएको छ ।
कांग्रेस नेतासमेत रहेका उपाध्यायलाई पूर्ववर्ती सुशील कोइराला सरकारले २०७१ माघमा राजदूत नियुक्त गरेको थियो । कपिलवस्तुबाट दुई पटक सांसद निर्वाचित भएका उपाध्याय अर्थ राज्यमन्त्री र पर्यटन मन्त्री भइसकेका छन् । राजदूत उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीको एक सातापछि हुने भ्रमण र प्रधानमन्त्री केपी शर्मा ओलीको गत फागुनमा भएको भ्रमणमा असहयोग गरेको आरोप लगाइएको छ । स्रोतका अनुसार उपाध्याय दुई दिनअघि ओली सरकार परिवर्तनको माहौल बनाउन काठमाडौं आएका थिए ।
स्रोत: कान्तिपुर

Category:

0 comments