फ्रास्ट ट्रयाक हत्याउन भारतीय एजेण्ट काठमाडौमा, को-को बने मतियार ?
![]() |

आजको जनआह्वान साप्ताहिकमा खबर छ– उक्त गिरोहको फिल्ड कमाण्डरमा विमलेन्द्र निधिलाई नियुक्त गरिएको छ । निधि पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत हुन् । काँग्रेस सभापति शेरबहादुर देउवाले द्रुत मार्ग नेपाल सरकार आफैले बनाउने विषय भएपनि त्यसले भारतीय लगानीकर्तालाई डुबाउने, उनीहरुको भावनामा चोट पु¥याउने भन्दै अनिष्ट प्रभाव पर्ने बताउँदै आएका छन् ।
सरकारको नीति तथा कार्यक्रमकै घालमेलमा संसदीय नियमावली पारित गर्न सघाउने र सोही समयमा सरकार मौन बसेर विदेशीलाई सो आयोजना दिने , विदेशीमा पनि भारतीय कम्पनीलाई नै दिनुपर्ने देउवाको भनाइ थियो ।
भारतीय कम्पनीलाई नै द्रुत मार्ग बनाउन दिनुपर्छ भन्नेको खास कारण भने भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीको विशेष हालत रहेको छ । भूकम्प पीडितको त्रिपाल खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीको दायरामा ल्याउनुपर्ने भएपनि कार्कीलाई कुनै कारवाही गरिएको छैन ।
Source:Ratopati
![]() |
Category: News
0 comments