Hindi Films

यसकारण २० हजार लाइसेन्स ब्लुबुक निलम्बन हुँदै

Unknown | 18:51 | 0 comments


lisencesकाठमाडौं–ट्राफिक नियम उल्लंघनपछि कारबाहीका लागि ट्राफिक प्रहरीले लिएको कागजपत्र एक महिनाभित्र फिर्ता लिनुपर्ने भएको छ ।
नत्र चालकका लाइसेन्स तथा व्लुबुक निलम्बन हुने र थप जरिवाना तिर्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । यातायात व्यवस्था एनअनुसार कारबाहीका लागि खिचिएको कागजपत्र एक महिनाभित्र जरिवाना तिरेर फिर्ता लिइसक्नुपर्ने प्रावधान छ ।
सोही ऐनलाई महानगरीय ट्राफिक महाशाखाले कडाइका साथ लागू गर्न लागेको हो । कारबाहीका तानिएका कागजपत्र वर्षैंसम्म लिन नआउने प्रवृत्ति रोक्न यातायात व्यवस्था ऐनको स्पिरिटअनुसार आफूहरू अघिबढेको महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालले बताए ।
महाशाखाले करिब २० हजार लाइसेन्स तथा व्लुबुक निलम्बन प्रक्रियाका लागि यातायात व्यावस्था कार्यालय पठाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Category:

0 comments