Hindi Films

लाजिम्पाटमा खुसियाली, वैद्य आवासमा रुवाबासी

Unknown | 18:54 | 0 comments

 
१० पटक

मंगलबार, २१ वैशाख
काठमाडौं । सिङ्गो एमाओवादी चोइटिँदा त्यसका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको मन पनि चोइटिएको थियो । विभिन्न नेताले पार्टी विभाजन गरेपछि उनी मानसिक तनावमा पनि थिए ।
शान्ति प्रक्रियामा आएपछि मातृका यादवदेखि चोइटिन थालेको एमाओवादी मोहन वैद्य किरण हुँदै डा. बाबुराम भट्टराईसम्म आइपुग्यो । त्यतिबेला लाजिम्पाट दरबारमा प्रचण्डको मन भक्कानिएको थियो । तर, अहिले पालोको पैँचो भनेजस्तो लाजिम्पाटमा खुसियाली छाएको छ । रुवाबासी भने अन्यत्र नै भएको छ ।
माओवादीभित्र एकताको हल्ला चलेको वर्षौ बितिसक्यो । ०६९ साउनमा एमाओवादी अध्यक्ष प्रचण्डलाई सत्तोसराप गरी पार्टी फुटाएका मोहन वैद्य किरण अहिले निक्कै संकटमा छन् ।
मौका पाए बन्दुकसमेत उठाउने ध्वामास दिँदै नेत्रविक्रम चन्द विप्लवलाई समेत लिएर पार्टी फुटाएका वैद्यसँग अहिले विप्लव पनि छैनन् ।
०७१ मंसिरमा वैद्यले बोलेको कुरा पूरा नगरेको भन्दै विप्लवले अर्को पार्टी खोलेपछि वैद्यलाई पहिलो धक्का लाग्यो । माओवादीभित्र जनयुद्धकालदेखि नै सांगठनिक र वैचारिक कार्य्दिशामा अग्रसर नेता रामबहादुर थापा बादललाई समेत आफ्नो पार्टीमा ल्याएर एमाओवादीलाई ठूलै क्षति पु¥याउने योजना बुनेका वैद्यसँग अन्तत बादल पनि सँगै नहुने भएपछि अहिले वैद्य आवासमा रुवाबासी भएको छ, कामरेडहरूको ।
बादलसँग घनीभूत छलफल गरी पार्टी फुटाएका वैद्यसँग अन्तत न विप्लव नै भए न बादल नै हुने भए । वैशाख १६ र १७ गते सम्पन्न एमाओवादी स्थायी समिति बैठकले नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापालगायतका टोलीसँग एकता गर्ने निर्णय गरेपछि एकताको विपक्षमा रहेका वैद्य माओवादीभित्र हल्लीखल्ली भयो ।
वैशाख १५ गते झन्डै आधा घण्टा टेलिफोन गरी वैद्यलाई एकताका लागि प्रचण्डले बारम्बार फकाए पनि नमानेपछि बैठकपछि सो निर्णय लिएको प्रचण्ड निकट स्रोतको दावी छ ।
बैठकको निर्णय मिडियामा आएलगत्तै वैद्य निवासमा उपाध्यक्ष सिपी गजुरेल, स्थायी समिति सदस्य इन्द्रमोहन सिग्देल, पोलिटब्युरो सदस्य दिनेश शर्मा, नेता हरिभक्त कँडेल र परी थापाबाट आएका नेता कार्यकर्ताहरू वैद्यकहाँ पुगे ।
वैद्य निवासमा पुगी छलफलमा जुटेका ती नेतामध्ये कतिपय बादलहरूलाई खुला छाड्ने भन्दै थिए त कतिपय हामीसँग जाने भन्दै थिए । छलफलमा वैद्यले एकतामा जानुपर्ने विषयमा लचकता देखाए पनि सिपी गजुरेलले त्यसलाई अस्वीकार गर्दै ११ जनाको टिमले भए पनि पार्टी चलाउनुपर्छ भन्दै बम्किएपछि बैठकको माहोल नै बदलिएको थियो । जनप्रहारमा समाचार छ ।

Category:

0 comments