मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : धेरै श्रमपछि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन् । केही रकम खर्च हुने योग भने देखिन्छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा भने उठाउन सकिनेछ।
|
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : कामको सन्दर्भमा प्रसिद्ध व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। विशेष नयाँ काम वा नोकरी सुरु गर्ने समय छ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई पनि फाइदै होला। रुचिका विषयमा लगानी बढाउने मौका छ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ। |
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्न सक्छ। तर, जिम्मेवारी भने बढिरहनेछन्। केही बाध्यताले पछि हट्नुपर्ने देखिएकाले समयमा काम पूरा नहुन सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका हुन सक्छ। व्यावसायिक काममा खर्च बढ्नेछ। सामाजिक काममा महत्वपूर्ण समय बित्नेछ। तत्काल ठूलो फाइदा उठाउन नसकिएला। |
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ला। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला। |
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
केही अधैर्यपना बढ्नेछ। तापनि दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। व्यापारमा भने सोचेको लाभ नमिल्न सक्छ। यात्रामा अलि समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ। विगतका समस्या बल्झिन सक्छन्। दाम्पत्यमा असमझदारी बढ्न सक्छ। |
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईष्र्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। |
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। र, उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायमा अवरोध आउला। सन्तानका माध्यमबाट काम बन्ने देखिन्छ। |
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको सुझावप्रति शंका उब्जने समय छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला। |
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। |
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn : बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्ने सम्भावना छ, विचार सम्प्रेषण गर्न केही समय पर्खनुहोला। सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। अनावश्यक वादविवादमा परिने समय छ, सचेत रहनुहोला।
|
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्। सचेत रहनुहोला। |
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। स्थानान्तरण र टाढाको यात्रा पनि सम्भावना छ। |
0 comments