Hindi Films

सेकेण्ड ह्याण्ड मोटरसाइकल किन्दै हुनुहुन्छ? विचार गर्नुहोस् यी कुरा

Unknown | 02:36 | 0 comments


कम मूल्य, मनपरेको मोडल, फेरिफेरि प्रयोग गर्न पाइने र फाइनान्सको सुविधा समेत उपलब्ध हुनाले सेकेण्ड ह्याण्ड मोटरसाइकल किन्नेको संख्या बढ्दो छ। सेकेण्ड ह्याण्ड मोटरसाइकल विचार नपुर्याई किन्दा  पैसा खेर जानुका साथै सहजता भन्दा सास्ती बढी हुनेछ। सेकेण्ड ह्याण्ड मोटरसाइकल किन्दा यसको मेकानिकल कुराका बारेमा राम्ररी जानकारी लिनु आवश्यक छ। जानेर, बुझेर र मोटरसाइकलको अवस्थाका बारेमा पूर्ण जानकार भएर किनेमा खरिदकर्ताले पैसाको बचतसँगै धेरै फाइदा लिन सक्छन्। 

सेकेण्ड ह्याण्ड मोटरसाइकल विचार नपुर्याई किन्दा  पैसा खेर जानुका साथै सहजता भन्दा सास्ती बढी हुनेछ। त्यसैले यस्ता मोटरसाइकल किन्नु अघि विभिन्न कुरामा ध्यान दिनुपर्छ। आफूलाई यसबारे धेरै जानकारी नभए जाने बुझेको कोहीसँग गएर किन्न सकिन्छ। 
हरेक क्षेत्रका कामकाजी तथा अरु उपभोक्तालाई पनि मोटरसाइकल अत्यावश्यक भइसकेको छ। झन् काठमाडौँमा त कामकाजी मानिसलाई आफ्नो साधन नभए आवतजावतकै समस्या हुने गरेको छ।
तर झट्ट नयाँ मोटरसाइकल किनिहाल्न धेरैको आर्थिक अवस्थाले साथ दिँदैन। यस्ता ग्राहकका लागि सेकेण्ड ह्याण्ड मोटरसाइकल सहज भएका छन्। त्यस्तै सुरुसुरुमा चलाउनेमा पनि नयाँभन्दा सेकेण्ड ह्याण्ड मोटरसाइकल नै सिकेर, राम्ररी जानेर मात्र नयाँ किन्ने सोच भएकाले यसतर्फ आकर्षित भएको पाइएको छ। 
सेकेण्ड ह्याण्ड मोटरसाइकल किन्दा यसको मेकानिकल कुराका बारेमा राम्ररी जानकारी लिनु आवश्यक छ। यसरी जानेर, बुझेर र मोटरसाइकलको अवस्थाका बारेमा पूर्ण जानकार भएर किनेमा खरिदकर्ताले पैसाको बचतसँगै धेरै फाइदा लिन सक्छन्।  
सेकेण्ड ह्याण्ड मोटरसाइकल किन्दा ठगीमा नपरियोस् भन्न निम्न कुरामा विशेष ध्यान दिनुका साथै राम्ररी जाँचबुझ गर्नुपर्छ। 
१. इन्जिनः
मोटरसाइकलको मुख्य पाटो भनेको यसको इन्जिन हो। आफूले किन्न खोजेको मोटरसाइकलको इन्जिनका बारेमा राम्ररी बुझ्नु एकदमै आवश्यक छ। इन्जिनको अवस्था बुझ्न सबैभन्दा पहिले नजिकैबाट त्यसको आवाज सुन्नुपर्छ।
इन्जिनको आवाजले त्यसको अवस्था बताउँछ। आवाज स्मुथ हुनपर्छ र यसमा कुनै किसिमको ख्याटख्याट वा अन्य डिस्टर्ब हुने खालको आवाज आउनु हुँदैन।  त्यस्तै इन्जिनले निकाल्ने धुँवाको पनि निरीक्षण गर्नपर्छ। यदि धुवाँ सफा नभएर कालो छ भने त्यसको कार्बुरेटर बिग्रको हुनसक्छ।
सेतो धुँवा आएमा इन्जिनले धेरै इन्धन खान्छ भन्ने बुझ्नपर्छ। यसमा मोटरसाइकलको बोर, पिस्टन वा रिङ बिग्रेको हुनसक्छ। कालो र सेतो धुँवा मिसिएपछि मोटरसाइकलले निलो धुँवा फ्याँक्छ। यस्तो अवस्थामा इन्जिन र कार्बुरेटर दुवैको अवस्था राम्रो हुँदैन। त्यसैले यस्ता धुँवा आउने मोटरसाइकल नकिन्नु राम्रो हुन्छ। 
२. ह्याण्डलः
कुनै किसिमको दुर्घटनामा परेको मोटरसाइकलको ह्याण्डल सिधा हुँदैन र यसको कोण बांगो हुन्छ। त्यसैले दुर्घटनामा परेको मोटरसाइकलबाट बच्न यसको ह्याण्डल राम्ररी नियाल्नुका साथै चलाउँदा बांगो भएजस्तो हुन्छ कि हुन्न भन्ने जाँच गर्नुपर्छ। 
३. गियरबक्सः
मोटरसाइकलको गियरबक्सको अवस्था बुझ्न सबैभन्दा पहिले कम्तीमा पनि १ किलोमिटर जति कुदाइ हेर्ने। कुदाउँदा सबै गियर प्रयोग गर्ने र हेर्ने की कति सहज वा अप्ठ्यारो छ। त्यस्तै गियर जाम भएको छ, छैन पनि हेर्ने। मोटरसाइकल रोकेर डबल स्ट्याण्ड लगाउने र गियरबक्सको राम्ररी निरीक्षण गर्ने। गियरबक्स सामान्यभन्दा फरक लागेमा उक्त मोटरसाइकल नकिन्ने। 
४.चक्काः
मोटरसाइकलको चक्काको अवस्था बुझ्न यसलाई डबल स्ट्याण्ड लगाएर समतल स्थानमा राख्ने। त्यसपछि त्यसका टायर एउटै लाइनमा छ, छैन हेर्ने। दुवै टायर एकै लाइनमा छैनन् भने त्यो मोटरसाइकल नकिन्दा नै वेश हुन्छ। त्यस्तै टायर कति खिइएको छ वा पूरानो भएको छ भन्ने पनि हेर्ने। यदि टायर फेर्नपर्ने भए त्यसलाई फेरेर मात्र प्रयोग गर्ने। 
५.क्लचः
क्लचको स्पेस १० देखि ३० मिमि मात्र हुनपर्छ। यो भन्दा बढी भएमा इन्जिनलाई लोड पर्ने हुँदा यसमा ध्यान दिनुपर्छ। किन्नु अघि विक्रेतालाई भनेर क्लच फेर्न लगाउन सकिन्छ।
Source: Setopati

६. कागजातः
कुनैपनि साधन किन्दा त्यसका आवश्यक कागजात राम्ररी हेर्नुपर्छ। मोटरसाइकलको पहिचान हुने गरीको र आधिकारिक कागजात हो, होइन हेर्ने। त्यसका लागि ब्लुबुकमा भएको र मोटरसाइकलको च्यासिस नम्बर चेक गर्ने। त्यस्तै सवारी साधन कर, विमा वा नविकरण शुल्क तिरेको छ, छैन पनि हेर्ने। 
७. अन्यः 
सेकेण्ड ह्याण्ड मोटरसाइकल अरुपनि किन्दा थुप्रै कुरामा विचार  पुर्याउनु पर्ने हुन्छ। मोटरसाइकलको बाहिरी आवरण, कति किलोमिटर कुदेको छ, माइलेज, ब्रेकको अवस्था, हेडलाइट, साइड लाइट, ब्याक लाइटका साथै टायर, सक, एयर फिल्टर, डिस्प्ले, लुकिङ ग्लास, ब्याट्रिको अवस्था हेर्नुपर्छ। 
त्यस्तै आरपीएम मिटर, च्यासिस, स्प्रोकेट्स, सिट, चेनका साथै सम्पूर्ण पार्टपूर्जाको राम्रो परीक्षण गर्नुपर्छ। राम्ररी चेक नगरी र विचार नपुर्याई सेकेण्ड ह्याण्ड मोटरसाइकल किनेमा पैसा त यसै जान्छ त्यसका साथै बारम्बार मर्मत गनुपर्ने, पाटपूर्जा फेरिरहन पर्ने लगायतका थुप्रै समस्या भोग्नुपर्ने हुन्छ।

Category:

0 comments