Hindi Films

माघमा १० लाख मानिस उतारेर एक घन्टामा काठमान्डौं सफा गरिँदै !

Unknown | 05:16 | 0 comments


FB_IMG_1466317285426
सेतो भेस्ट । सेतै हाफपाइन्ट । हातमा ग्लोब्स । कीर्तिपुर काठमाडौंनिवासी राजभान मानव र सुशीला महर्जनको हुलिया हो यो । उमेरले चार दशक पार गरेकी महर्जन र पाँच दशक पार गरेका मानव देश सफा गर्ने अभियानमा निक्लेका छन् । उनीहरू कहिले जनकपुरको बसपार्क बढारिरहेका भेटिन्छन् त कहिले नेपालगन्जका फोहोर गल्ली सफा गरिरहेका हुन्छन् ।
‘मानवजन्य फोहोर व्यवस्थापन मानिस स्वयम्ले गर्न सक्छन्, मानव तर्क गर्छन्, ‘तर, गम्भीर भएर लाग्नुपर्छ । इमानदारीपूर्वक कोही लागेकै छैनन् ।’ हामी जहाँ–जहाँ पुग्यौं, त्यहाँका स्थानीय फोहोर नगर्ने प्रतिबद्धता जनाएको उनले सुनाए ।
यसरी थालियो सरसफाइ अभियान
२०६७ भदौमा कीर्तिपुरमा हुन लागेको महोत्सवका लागि स्थानीयले फोहोरले भरिएको डम्पिङसाइट सफा गरेका थिए । त्यतिबेला राजभान मानवलाई लाग्यो– सबै मिलेर गर्ने हो भने असम्भव भनेको केही नहुँदोरहेछ । सुरुवातको मात्रै खाँचो हो । राम्रो कामका लागि कसैले नाइँनास्ती गर्दारहेनछन् ।
FB_IMG_1466317370432
महोत्सव हुँदा कीर्तिपुरवासी मिलेर काम गर्दा डम्पिङ साइटको ठाँउ पनि सफा भएको थियो । यो कामले उनलाई नेपालसहित विश्व सरसफाइका लागि जनचेतना जगाउँदै हिँड्न मन भयो । उनले यो कुरा आफ्ना टोलवासीलाई सुनाए । त्यसपछि गृहस्थी गर्दै आएकी दुई सन्तानकी आमा सुशीला महर्जन पनि यो कामका लागि राजभानसँग सहमत भइन् । २०६७ भदौमा बाँकी जीवन सरसफाइका लागि समर्पित गर्ने भनेर मानव र महर्जनले काम थालिहाले ।
सरसफाइका लागि देशदौडाहामा
२०६७ मंसिर ४ गते बाघभैरवमा पुगेर सफाइ गर्दा स्थानीयले अपार सहयोग गरे । त्यो सहयोगबाट हौसिएर उनीहरू सडक बढार्दै लोमान्थाङ पुगे । उनीहरूले काठमाडौंदेखि गोसाइँकुण्ड, गोरखा, तनहुँको बन्दीपुर र दमौली, पोखरा, स्याङ्जा, तानसेन, बुटवल, भैरहवा, रामनगर, नारायणगढ, हेटौंडा, जनकपुर, विराटनगर, चन्द्रगढी, इलाम, दमक, इटहरी, धरान, हिले, वीरगनजलगायतका ठाउँमा सफाइ गरिसकेका छन् ।
FB_IMG_1466317346748
यसैगरी ०७२ मंसिर ८ देखि ०७३ वैशाख १२ गतेसम्म मेचीदेखि महाकालीसम्म पुगेर सरसफाइ गरिसकेका छन् । महर्जन् भन्छिन्, ‘संसारका धेरै फोहोर हुनेमध्ये काठमाडौंको पनि नाम आउँछ । देशको राजधानीजस्तो ठाउँ धूलो, धूवाँ र ध्वनि प्रदूषणले मास्कमाण्डुका रूपमा चिनिन थालेको छ ।’
आफ्नो सहर आफैं सफा गरौं
आफूले केही नगर्ने तर अरूलाई केही गरेनन् भनेर धारेहात लगाउने प्रवृत्ति मानिसमा हुर्किदै गएको राजभान बताउँछन् । आफ्नो सहर आफैं सफा गर्ने भावना सबैमा आउनुपर्ने उनको भनाइ छ । ‘फोहोर नगर्ने भनेको बढार्नुमात्र होइन, फोहोर हुनै नदिनु हो,’ उनी भन्छन्, ‘त्यसैले फोहोर हुनै नदिन सबै सचेत बन्नुपर्छ ।’ आफ्नो घरको फोहोर आफैंले तह लगाउने हो भने फोहोर व्यवस्थापनमा त्यति धेरै समस्या नआउने उनीहरूको तर्क छ ।
‘सरसफाइ अभियानमा उनीहरू जहाँ–जहाँ पुगे, त्यहाँ–त्यहाँ सबैले उनीहरूलाई स्वागत गरिएको थियो । आफ्नो सहर आफैं सफा गर्ने भावना पलाएको छ ।
FB_IMG_1466317310642
एक घन्टाका लागि १० लाख मानिस उतार्ने
आउँदो माघ ९ गते आइतवार काठमाडौं उपत्यकाका चोक–चोकमा १० लाख मानिस उतारेर एक घन्टामा काठमाडौं सफा गर्ने उनीहरूले योजना बनाएका छन् ।
सुरुमा उपत्यकाका युवा क्लबसँग अन्तक्रिया गर्ने र ५०० क्लबसँग समन्वय गर्ने योजना बनाएको उनले बताए । त्यसपछि अन्य संघ–संस्थासँग छलफल अगाडि बढाउने योजना छ । ‘एकले थुकी सुकी सयले थुकी नदी’ भन्ने उखान चरितार्थ गर्न उनीहरू लागिपरेका मछन् ।
घरपरिवारका सबै जिम्मेवारीबाट माथि उठेर देश र समाजको सरसफाइका अभियानमा जुटेका मानव र महर्जनको आग्रह छ, ‘जति बेला हाम्रो देशको सुन्दरता हामीसँग रहने छैन, त्यतिबेला हामीसँग कुरूपताबाहेक केही हुने छैन । स्वस्थ र स्वच्छ नभएको अवस्थामा आज हुर्किरहेकालाई हामी रित्तो र खोक्रो सहरमात्र हस्तान्तरण गर्नेछौं ।’
Source: Ratopati

Category:

0 comments