काबुल घटनामा मारिएकाको आफन्त विमानस्थलमा
![]() |
असार ८, २०७३- तस्बिरहरु: अंगद ढकाल
सोमबार अफगानिस्तानको काबुलमा मृत्यु हुनेको परिवार तथा आफन्त त्रिभुवन विमानस्थल पुगेका छन् । आतंकवादी आक्रमणमा परी ज्यान गुमाउने १२ जना नेपालीहरुमध्ये अधिकांशका आफन्त विमानस्थल आएका हुन् । कसैका छोराछोरी सहित श्रीमती आएका छन् त कसैका आमाबुबा, दाजुभाई, दिदीबहिनी आएका छन् ।


सरकारले नेपाल एयरलाइन्सको विमान चार्टर गरेर आज दिउँसो मृतकको शव ल्याउँदै छ । सरकारले शव ल्याउँदै छ भन्ने सुनेको आधारमा आफूहरु विमानस्थलमा आएको मृतकका आफन्तले बताएका छन् । अधिकांश परिवारजनको आँखा रसाएका देखिन्छन् ।


विमानस्थलमा शव ल्याइँदै छ भन्ने जानकारी पाउनेवित्तिकै सञ्चारकर्मीहरुको भीड लागेको छ ।







साभार :कान्तिपुर समाचार
![]() |
Category: News
0 comments