Hindi Films

शव बुझ्न गएका प्रधानमन्त्रीले गहभरी आँशु

Unknown | 03:40 | 0 comments

 १७९ पटक
बुधबार, ८ असार
काठमाडौं । अफगानिस्तानको काबुलमा सोमबार भएको बम हमलामा निधन भएका १२ जना नेपालीको शव त्रिभुवन विमानस्थलमा ओरालिएको छ।
काबुलबाट शव लिएर फर्केको नेपाल वायु सेवा निगमको जहाज जब विमानस्थलमा ओर्लियो, परिवारको रुवावासिले विमानस्थलको वातावरण एकाएक भावविव्हल बन्यो।
विमानस्थलमा प्रीयजनको शव बुझ्न आएका परिवारहरु रोईरहेका छन् ।प्रधानमन्त्री ओली देखि गृहमन्त्री शक्ति बस्नेत देखि सरकारी अधिकारिहरु अत्यन्त भावविह्वल मुद्रामा देखिन्छन् ।
kp_oli-airport
विमानस्थलमा अचानक रुवावासी चलेपछि प्रधानमन्त्रीको अनुहार अचानक मलिन भयो र काबुलबाट फर्किएका अन्य २४ नेपालीलाई नेपालमै केहि गरौंला चिन्ता नमान्नुस भन्दै भावुक भएर प्रधानमन्त्रीले उनीहरुलाई सम्झाउन थाले
प्रधानमन्त्रीको आश्वासनले एक यूवा झनै रुन थाले सायद उनीलाई आश्वासननै धेरै ठुलो लाग्यो
pm-oli
हजारौं सपना देखेर विदेशिएका १२ नेपाली युवाहरुको शव अचानक विमानबाट ओराल्दा मृतकका परिवार आफन्त र विमानस्थलमा जुटेका उल्लेख्य सर्वसाधारणका आँखा रसाएका थिए ।
नेपाली सेनाका जवानहरूले शवको बाकस विमानबाट ओरालेका थिए।
Airport-family1
आफ्नै देशको बेरोजगारिको समस्याको कारण विदेश जान बाध्य युवाहरुको शव देख्दा प्रधानमन्त्रीको मन पनि थामिएन अनि उनी पनि स्तब्ध बने ।
dead-body-nepali
पछिल्लो सोमवार काबुलस्थित क्यानेडियन राजदूतावासको सुरक्षार्थ खटिएका बेला नेपाली सवार बसमा तालिवान लडाकूले आत्मघाती आक्रमण गर्दा १२ नेपालीसहित १४ जनाको मृत्यु भएको थियो । आक्रमणमा ७ नेपाली घाइते भएका थिए ।
 

Category:

0 comments