Hindi Films

तयारीका साथ बन्दुक उठाउने वैद्यको घोषणा 'माओवादी केन्द्रसँग एकता हुन सक्दैन'

Unknown | 21:47 | 0 comments

 नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रिय स्वाधिनताको रक्षा र जनजीविकाका समस्या समाधान गर्न नयाँ जनवादी क्रान्ति आवश्यक रहेको बताएका छन् ।

त्यसका लागि तयारी गरेर बन्दुक उठाउने उनको उदघोष छ ।
सोमबारदेखि काठमाडौमा सुरु भएको राष्ट्रिय भेलाको उदघाटनका क्रममा अध्यक्ष वैद्यले जनवादी क्रान्तिविना जनताको जीवनमा परिवर्तन नआउने भन्दै त्यसका लागि पार्टीले बन्दुक उठाउने गरी कार्यदिशालाई समृद्ध पार्ने बताए । बन्दुक उठाउनुपूर्व क्रान्तिका लागि लामो तयारी गर्नुपर्ने उनको तर्क छ ।

 क्रान्तिको बाटो लामो र कठिन रहेको भन्दै उनले बन्दुक बोक्नका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिए । क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले माओवादी केन्द्रमा गएका रामबहादुर थापा ‘बादल’को समूहप्रति लक्षित गर्दै क्रान्ति गर्न कठिन भएजस्तै सुखसयल गर्नेहरुको पनि भविष्य राम्रो नरहेको बताए ।

 क्रान्तिकारी माओवादीले बहुमतभन्दा बढी केन्द्रीय सदस्य नेकपा माओवादीमा गएको ठीक एक महिनापछि राष्ट्रिय भेला गरेको हो । भेलामा देशभरका पार्टी प्रतिनिधि सहभागी छन् । अध्यक्ष वैद्यले नेकपा (माओवादी केन्द्र)सँग एकता हुन नसक्ने बताए ।

अध्यक्ष वैद्यले माओवादी दलहरुसँग कथित एकताका नाममा आफ्नो विचार, पार्टी र बचेको क्रान्तिकारी धारलाई ध्वस्त पार्न खोजिएको आरोप लगाए ।

 पार्टीका नेता सिपी गजुरेलले ‘पार्टीको भावी कार्यदिशा’बारे प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अब एकता, सङ्घर्ष र रुपान्तरणका बीचबाट अगाडि बढ्ने बताए ।

Category:

0 comments