Hindi Films

गोर्खाली वीरता, गोर्खाली वाध्यता, काबुली सेना र जनसेना

Unknown | 02:35 | 0 comments

 रवीन्द्र श्रेष्ठ । पद्म रत्न तुलाधर पेरुमा जानु भएको वेला त्यहाँका एक पत्रकारले सोधेछन्–नेपालका माओवादीहरुले गोर्खाली सरकारी सेना संग कसरी लड्न सक्छन् र ? गोर्खाली सरकारी सेनाले नेपालका माओवादीहरुलाई सजीलै हराउँछन् होला । जवाफमा उहाँले भन्नु भएछ–सरकारी सेना मात्र गोर्खाली होइन, विद्रोही माओवादीहरु पनि गोर्खाली नै हुन्, त्यसैले नेपालको जनयुद्ध देश भर फैलिंदैछ ।

नेपाल संग कुटनैतिक सम्वन्ध पनि नभएको र पर्यटक वा व्यापारीहरु पनि खासै आवतजावत नभएको पेरुमा पनि नेपाली गोर्खालीहरुको वीरता चर्चित रहेछ । संसारको सबै कुनामा गोर्खाली वीरताको कहानी पुगेको छ ।
तर गोर्खाली वीरहरु भनेर विश्व चर्चित नेपालीहरुको वीरता र वाध्यता संग संगै छ भन्ने कुरा भने विश्व चर्चित छैन । नेपाली गोर्खालीहरु वाध्य भएर वीर भएका हुन् भन्ने पनि चर्चित छैन । उनीहरुलाई यति मात्र थाहा छ, नेपालीहरु भनेका गोर्खाली वीरहरु हुन्, जसले खुकुरीको भरमा शत्रुलाई छप्काउँदै लखेट्न सक्दछ ।
यथार्थता यो हो कि नेपाली जनता माथि यहाँको राज्यसत्ताले गरिरहेको चर्को उत्पीडन, सामन्त वर्ग, दलाल तथा नोकरशाही पूँजीपति वर्ग तथा विदेशी पूँजीपति वर्गको चरम उत्पीडनका कारण नेपाली जनताको चरम गरिवी तथा रोजगारीको चरम अभावका कारण नेपालीहरुले गोर्खाली वहादुरी विश्वलाई प्रदर्शन गरिरहन वाध्य भैरहेका छन् ।
नेपाल मै उपयुक्त रोजगारी पाएका भए अहिले अफगानीस्तानमा मारिएका नेपालीहरुले ज्यान जोखीममा राखेर युद्धग्रस्त देशमा गोराहरुको सुरक्षागार्ड रुपी काबुली सेना वन्न जाने थिएनन् ।
संचार माध्यमहरुले १० देखि १५ हजार सम्म कथित सुरक्षा गार्ड नाम दिइने काबुली सेनामा नेपालीहरुले गोर्खाली वहादुरी देखाइ रहेका छन् भन्ने अनुमान गरेका छन् ।
नेपाल सरकारले नै पनि बैधानिक रुपमा काबुली सेनामा भर्ना हुन जाने अनुमति दिने गरेको पनि सार्वजनिक भएको छ र दैनिक चार जनाका दरले काबुली सेनामा भर्ना हुन जाने गरेको समाचार पनि सार्वजनिक भएको छ ।
विदेशीहरुका लागि ज्यान हत्केलामा राखेर मर्न मार्न तयार भएर लड्न नेपाली युवाहरुलाई अनुमती दिने सरकारले अब आफ्नै लागि र नेपाली जनताका लागि लड्न जनसेनामा भर्ति हुन पनि अनुमति दिन्छन् कि के गर्छन्, हेर्न वाँकि छ ।
भारतीय सेना र व्रिटिश सेनामा भर्ति गर्न पठाइ नेपाली युवाहरुलाई हिंसात्मक कार्यमा लगाउने कुरामा चुप लाग्ने नेपालका कथित शान्तिवादीहरु जनसेनामा भर्तिको मात्र चिच्याइ कराइ विरोध गर्ने गर्छन् । यो पनि नेपाली वाध्यतापूर्ण वीरताको एक कारण वनेको छ ।
जब सम्म काबुली सेना, भारतीय सेना र ब्रिटिस सेनामा भर्ति जारी रहन्छ, तब सम्म जनसेनामा भर्ति पनि रोकिने छैन ।
अहिले विप्लव माओवादीको जनसेनामा भर्ति अभियान पनि यहि श्रृंखलाको निरन्तरता हो । यसलाई रोक्ने बैचारिक र वैधानिक आधार नेपाल सरकार, यहाँका संसदिय दलहरु तथा कथित शान्तिवादीहरुले गुमाइ सकेका छन् ।
 साभार : nepalsandesh

Category:

0 comments