Hindi Films

१९ महिलाले यौनदासी बन्न अस्वीकार गरेपछि जिउँदै जलाइए

Unknown | 06:24 | 0 comments


फोटो :एजेन्सी
 
एजेन्सी: आईएसआईएसको कब्जामा रहेको इराकको मोसुलमा आतंककारीहरुले १९ यजिदी कुर्दिस महिलालाई पिंजडामा हालेर जिउँदै जलाएका छन् । 
 
महिलाले यौनदासी बन्न अस्वीकार गरेपछि जिउँदै जलाइएको हो । कुर्दिस न्यूज एजेन्सी एआरएका अनुसार यस घटनाका क्रममा सयौं मानिसहरु निरिह बनेर रमिता हेर्न बाध्य थिए । 
 
कुर्दिस समाचार एजेन्सी अब्दुल्ला अल-मालालाई उधृत गर्दै बताइए अनुसार इस्लामिक स्टेट लडाकूसँग यौनसम्बन्ध राख्न इन्कार गरेपछि उनीहरुलाई जिउँदै जलाइएको हो । 
 
समाचार अनुसार अघिल्लो महिनामा पनि आईएसआईएसले २५ जना इराकी बन्धकलाई एसिडमा डुबाएर हत्या गरेको थियो ।
 
इराक, सिरिया र लिबियामा आईएसआईएसद्वारा धर्मको नाममा मानिसको ज्यान लिने कयौं मामिला सार्वजनिक भइरहेका छन् । 
 
यसरी मानिसको ज्यान लिँदा अत्यन्तै क्रुर तरिका अपनाइने गरिएको छ । 
 
अगस्त २०१४ मा आईएसआईएसले उत्तरी इराकको यजिदी इलाकामा आक्रमण गरेका थिए । 
 
यसपछि ४ लाख भन्दा धेरै मानिसहरुले दोहुक, इरबिल र कुर्दिस्तान छाडेर भाग्नुपरेको थियो । 
 
स्थानीय सैन्य स्रोतका अनुसार यस हमलामा सयौं मानिसको ज्यान गएको थियो । यहाँबाट सयौं मानिसलाई अपहरण पनि गरिएको थियो । 
 
यस क्रममा ठूलो संख्यामा युवती र महिलामाथि बलात्कार गरिएको थियो । ज्यान जाने डरले हजारौं यजिदीहरुले सिंजारको पहाडमा गएर बस्नुपरेको थियो । 
 
आतंककारीहरुले ३ हजार भन्दा धेरै यजिती युवतीहरुलाई यौनदासी बनाउनका लागि अपरहण गरेका थिए । 
 Source: annapurnapost 

Category:

0 comments