Hindi Films

युरो २०१६ : खेल हुने ९ रंगशालाहरु यस्ता छन्

Unknown | 07:45 | 0 comments

 फ्रान्स–युरो २०१६ का लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ । प्रत्येक टोलीले आफ्ना खेलाडी सदस्यहरुको नाम सार्वजनिक गरिसकेका छन् । फ्रान्स आउनका लागि टोलीहरुले प्लेन बुक गरिसके । प्रतियोगिताका लागि टिकट समेत बिक्री भइसकेको छ । ७ जूनबाट अब युरोपकै सबैभन्दा ठूलो प्रतियोगिता सूरु हुनेछ । फ्रान्सले सन् १९९८ पछि आयोजना गर्न लागेको यो सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसैले फ्रान्स यसलाई सफल बनाउन चाहन्छ । फ्रान्सले प्रतियोगिताका लागि यि रंगशालाहरु प्रयोगमा ल्याउँदैछ ।
स्टेडी डि बोर्डियायूक्स
यस रंगशालाको क्षमता ४२ हजार छ । यो इलाका फुटबलभन्दा पनि वाईनका लागि प्रख्यात क्षेत्र हो । यस रंगशालामा वेल्स र स्लोभाकिया जून ११ मा भिड्नेछन् । त्यसपछि आयरल्याण्डले जून १४ मा बेल्जियमको सामना गर्नेछ ।34D10C5A00000578-0-image-a-45_1464775768215
स्टेडी बोर्लाअरेट डिलीलिस
यस रंगशालाको दर्शक क्षमता केवल ३५ हजार छ । यस रंगशालामा चार खेल हुनेछन् । त्यसमध्ये एक खेलमा वेल्स र इंग्ल्याण्ड भिड्नेछन् ।
34D150A200000578-3619626-image-a-16_1464784228256
स्टेडी पियरी माउरोय
लिल्लीस्थित यस रंगशालाको दर्शक क्षमता ५० हजार छ । सन् २०१२ मा उद्घाटन गरिएको यस रंगशालामा युरोकपका ६ खेल आयोजना हुनेछन् । यसै रंगशालामा विश्वविजेता जर्मनीले युक्रेनको सामना गर्दै जून १२ बाट आफ्नो युरो यात्रा थाल्नेछ । त्यस्तै आयोजक फ्रान्स्ले स्विचरल्याण्ड तथा इटलीले आयरल्याण्डको सामना समूह चरणमा गर्नेछन् ।
2F46765C00000578-0-World_Cup_holders_Germany_begin_their_Euro_2016_tournament_again-a-38_1464775259157
स्टेडी डि लियोन
फ्रान्सको तेस्रो ठूलो शहर लियोनको यो रंगशालाको क्षमता ५९ हजार रहेको छ । यसै वर्षको सूरुआतमा यो रंगशाला सञ्चालनमा ल्याइएको हो । यस रंगशालामा युरो २०१६ को एक सेमिफाइनल खेल समेत हुनेछ । यसै रंगशालामा समूह चरणमा उत्तरी आयरल्याण्ड र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ । बेल्जियम र इटलीबीचको बहुप्रतिक्षित भिडन्त समेत यसै रंगशालामा हुनेछ ।
34D10C5200000578-0-image-a-52_1464777013211
स्टेडी भेलोड्रोम
मार्सेलीस्थित यस रंगशालाको दर्शक क्षमता ६७ हजार छ । यस रंगशालालाई २ सय १२ मिलियन युरो खर्चिएर पुननिमार्ण गरिएको हो । यस रंगशालामा सन् १९९८ को विश्वकप तथा यसअघि फ्रान्सले युरोकप आयोजना गर्दा समेत खेलहरु खेलाईएको थियो । इंग्ल्याण्ड र रुस जून एघारमा यस रंगशालामा भिड्नेछन् ।
34D10C4A00000578-0-image-a-41_1464775616919
स्टेडी डि नाइस
३५ हजार दर्शक क्षमताको यस रंगशाला वातावरणमैत्री छ । नाइस फ्रान्सको चर्चित पर्यटकिय गन्तव्य समेत हो । यस रंगशालामा साबिक विजेता स्पेन र टर्की तथा उत्तरी आयरल्याण्ड र पोल्याण्डबीचको खेल हुनेछ । पेर्क डि प्रिन्सेस राजधानी पेरिसस्थित यस रंगशालाको दर्शक क्षमता ४५ हजार छ । यस रंगशालामा उत्तरी आयरल्याण्ड र विश्वविजेता जर्मनीबीच समूह चरणको खेल हुनेछ ।
34D1380300000578-0-image-a-53_1464777389244
स्टेडी डि फ्रान्स सेन्ट
डेनिस सेन्टस्थित यस रंगशालाको दर्शक क्षमता ८० हजार छ । यसै रंगशालामा सन् १९९८ को विश्वकपको फाइनल खेल आयोजना गरिएको थियो । यो रंगशाला फ्रान्सेली फुटबल टिमको गृह मैदान समेत हो । पेरिसबाट ६ माइल्स पर रहेको यस रंगशालामा प्रतियोगिताको उद्घाटन र फाइनलसहित ७ खेल हुनेछन् ।34D1506900000578-0-image-a-58_1464777747864
स्टेडी जियोफरोय जुईचहार्ड
सेन्ट इटीइन्नीस्थित यस रंगशालामा ४२ हजार दर्शक अट्छन् । यस रंगशालामा इंग्ल्याण्ड र स्लोभाकियाबीचको समूह चरणको खेलसहित अन्तिम १६ को एक भिडन्त तथा अन्य दुई खेल हुनेछन् ।
34D137B400000578-3619626-image-a-4_1464782585463
स्टेडीयमडि टोउलोउसे
यस प्रतियोगितामा प्रयोग हुने यो सबैभन्दा सानो रंगशाला हो । यस रंगशालाको दर्शक क्षमता केवल ३३ हजार छ । यसलाई मिनि विम्बली भनेर पनि चिनिन्छ । यस रंगशालामा वेल्स र रुसबीचको समूह चरणको हुनेछ । त्यस्तै समूह चरणमा स्पेन र चेक गणतन्त्र तथा इटली र स्विडेनबीचको खेलपनि यही रंगशालामा हुनेछ ।34D1506900000578-0-image-a-58_1464777747864
 

Category:

0 comments