Hindi Films

ट्रिपर ब्याक भएर चारजना सवार मोटरसाइकल किचेपछि...(फोटो फिचर)

Unknown | 01:00 | 0 comments


काठमाडाैं-ललितपुरको महालक्ष्मी नगरपालिका-१० टिकाथलीमा इटा बोकेर उकालो बाटो चढ्दै गरेको ट्रिपर एक्कासी नियन्त्रण गुमाएर ब्याक हुँदा पछाडीको मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन्।
मोटरसाइकलमा चारजना सवार थिए, ती मध्ये दुईजना स्कुल जाँदै गरेका बच्चा थिए।

बा २ ख ३० नम्बरको ट्रिपर उकालोमा नियन्त्रण गुमाएर ब्याक हुँदा बा २० प ५४३३ नम्बरको मोटरसाइकल किचिएको हो। पछाडीको मोटरसाइकल धकेल्दै ट्रिपर ब्याक भएपछि मोटरसाइकलमा सवार चारैजना उत्रिएर भाग्न खोज्दा सामान्य घाइते भएका प्रत्यक्षदर्शी स्थानीय छविलाल बश्यालले बताए। मोटरसाइकल ट्रिपरको पांग्रा मुनी परेर कच्याककुचुक्क भएको छ। विद्युत र टेलिफोनको पोलमा क्षति पुगेको छ।

तस्बिरः
IMG 1620
IMG 1614

IMG 1629
IMG 1635
 Source: Nagarik 

Category:

0 comments