राष्ट्रिय सहमतिका लागि एमाले तयार : तर नेतृत्व माओवादी होइन, कांग्रेसको पनि हुनसक्ने
![]() |
काठमाडौँ – प्रमुख सत्ता घटक दल नेकपा एमाले नेताहरुले राष्ट्रिय सहमतिको सरकारका लागि आफ्नो पार्टी सधैँ तयार रहेको बताएका छन् ।
पार्टीका विभाग गठनको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले राष्ट्रिय सहमति मुलुकको अहिलेको आवश्यकता हो भन्दै संविधान कार्यान्वयनका लागि प्रमुख दलबीच साझा समझदारी हुनुपर्नेमा जोड दिनुए ।

सहमतिका लागि अघि बढ्न एमालेमा कुनै द्विविधा नभएकामा जोड दिँदै महासचिव पोखरेलले भद्र सहमतिका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । “त्यो बैठकमा बस्ने साक्षी हामी पनि हौं”– उनले भने । “सहमति हुनु मुख्य कुरा हो । कसले नेतृत्व गर्छ त्यो प्रमुख कुरा होइन । सहमतिको प्रयत्नलाई स्वीकार गरेर नयाँ खालको स्थिति आउँछ भने पनि त्यसका लागि छलफल गर्न हामी तयार छौँ”– उनले भने ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुक संविधान कार्यान्वयनको चरणमा रहेकाले प्रमुख दलकाबीच साझा सहमति आवश्यक रहेको बताए । शान्ति प्रक्रियादेखि संविधान निर्माण प्रक्रियासम्म प्रमुख दलबीच भएको सहमति र साझा समझदारी संविधान कार्यान्वयनमा हुनु आवश्यक रहेकामा जोड दिँदै नेता खनालले भने, “त्यस्तो सहमति हाम्राबीचमा भएकै हो । प्रमुख दल सत्तामा वा प्रतिपक्षमा बसे पनि साझा समझदारी चाहिन्छ ।”
![]() |
Category: News
0 comments