Hindi Films

विश्वको ध्यान खिच्न सफल ८ तस्वीर

Unknown | 01:49 | 0 comments


एजेन्सी । टर्कीको समुद्री तटमा एउटा बालकको शवले विश्व जगतलाई झस्कायो । जुन तस्वीरले कयौ वर्ष देखिको शरणार्थी संकटको बहसलाई मानवीय संवेदनामा रुपन्तरण गरिदियो ।  यस्तै केही  तस्वीरले विश्व जगतलाई हल्लाइ दिएका छन् ।
अफगान बालिका
स्टीभ मेकरीले आर्ट गरेको एउटा तस्वीर नेशनल जियोग्राफिकमा प्रकाशित भए पछि चर्चामा आयो । सन् १९८५ मा प्रकाशित  तस्वीर हेरेर यकिन हुदैन कि पाकिस्तानमा रहेकि १२ वर्षिय अफगानकी बालिका कुन हालातमा थिइन् । तर सो तस्वीर अफगानिस्तान माथि सोभियत संघको हमला र शरणार्थी संकटको प्रतीक बन्यो ।  शरबत गुला नाम गरेकी  बालिकाको सन् २००२ मा पुन: खोजि भएको थियो । उनले आफ्नो यो चर्चित तस्विर पहिले देखेकि थिइनन् । तस्वीरको चर्चा भए पछि मात्रै उनले यस बारे थाहा पाइन् ।
काँडे बार कुल्चिएर भाग्ने सैनिक 
0,,16681455_303,00आफ्नो ज्यान जोखिममा राखेर काँडे तार कुल्चिएर भाग्ने  सैनिक हंस कोनराड शूमनको तस्वीर पनि चर्चाको शिखरमा रह्‌यो  ।  अगस्ट १९६२ मा बर्लिनको पर्खाल बन्नु भन्दा तीन दिन पहिले मात्रै  यी सैनिक पूर्वी जर्मनबाट पश्चिमी जर्मन भागेका थिए ।  फोटोग्राफर पीटर लाइबिङले सो समय तस्विर कैद गर्न भ्याए । काँडे तारले काटे पछि  घाइते भएका शूमनले  पछि आत्म हत्या गरे ।
धुलाम्य महिला
ddन्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा ११ सेक्टेम्बर २००१ मा भएको  आतंकवादी हमलाले भवनमा भएको क्षतिका क्रममा एक महिला धुलाम्य भइन् । भवनका विभिन्न ठाँउबाट खसेको धुलोले उनि ढाकिइन् । पछि उनको तस्वीर यति चर्चित बन्यो कि  मैर्सी बोर्डर्स आतंकवाद बिरुद्ध लड़ाईको  प्रतिक बनिन् । उनलाई डस्ट लेडी नाम दिइयो । जुन धुलोले उनको  पेटमा क्यान्सर देखियो । २६ अगष्ट २०१५ मा उनको मृत्यु भयो ।
ट्यांक म्यान
0,,18389263_303,00५  जून १९८९, सैनिक ट्यांक अगाडि उभिएर रोक्न खोज्ने  एक व्यक्तिको तस्वीरले समेत चर्चा पायो । सो तस्विर चीनको तियानानमेन चौकमा भएको  अत्याचारको  प्रतिक हो । ४ जूनमा सोहि ठाउमा  चीनको सेनाले  प्रदर्शनकारीलाई ट्यांकले पेलेर  बर्बरता पूर्वक हत्या गरेको थियो । जेफ विडनरले ट्यांक रोक्न खोज्ने व्यक्तिको तस्वीर खिचेका थिए  । ती व्यक्ति केही समय पछि गिरफ्तारीमा परेका थिए ।  आज सम्म उनको अवस्था सार्वजनिक हुन सकेको छैन ।
बेन ओनेजोर्गको मृत्यु 
ben२ जून १९६७ मा प्रहरीले ईरानका राजाको  राजकीय यात्राको विरोध गरिरहेका  विरुद्ध बल प्रयोग गरेको थियो  । प्रहरीले जर्मन छात्र बेनो ओनेजर्गलाई गोली हान्यो । उनको मृत्युले जर्मनीमा वामपन्थी आंदोलन कट्टर भएर आयो  । ओनेजर्गको मृत्युको समय उनकी श्रीमती गर्भवती थिइन् ।
केनेडीको  हत्या
canediअमेरिकी पूर्व राष्ट्रपति जोन एफ केनेडीको डलासमा  हत्या भयो ।  केनेडीको हत्या उनकै  सरकारी कारमा भएको थियो । सो समय अब्राहम जेप्रूडर केनेडीको  भिडियो बनाइरहेका थिए । सोहि समय राष्ट्रपतिको टाउकोमा  गोली प्रहार भयो ।  जेप्रूडर  तस्वीर प्रकाशित गर्न चाहादैनथे तर सो तस्वीर सार्वजनिक भयो ।  जांच र जिज्ञासाका क्रममा सो तस्वीर लाखौ पटक हेरिएको छ ।
म्यूनिख नरसंहार
narसन् १९७२ को ओलम्पिक खेलको क्रममा  म्यूनिखमा ईजरेली ओलम्पिक टोलिका ११ सदस्यलाई बन्धक बनाइयो । बन्धक बनाइएका ११ सदस्य को हत्या भएको थियो ।  हत्या आतंकवादी प्यालेस्टाइनी संगठन ब्लेक सितम्बरले गरेको  थियो ।  यो तस्वीर बालकुनी तल हेर्दै गरेको अपहरणकारीको हो ।
भियतनामकी बालिका 
0,,17894650_303,00दक्षिणी भियतनामको गाउँमा भएको नेपाम बम हमलाको एउटा दर्दनाक  तस्वीर । जस्ले विश्वको ध्यान खिच्यो । जुन तस्वीरमा आफ्नो ज्यान जोगाउन भाग्दै गरेका बालबालिकाकै भिडमा एक नौ वर्षकी बालिका जल्दै गरेको कपडा झार्दै दौडिएकी छन् । अन्तत: उनि निवस्त्र भागिन् । उक्त भयपूर्ण तस्वीरमा देखिएकी बालिका अहिले क्यानाडामा  सकुशल छन् । तस्वीरको गाम्भिर्यताले भियतनाम युद्धप्रति पश्चिमी जनमानसको सोचलाई बदलिदियो । सो तस्वीर खिच्ने  फोटोग्राफर निक उट सन् १९७३ मा पुलित्जर पुरस्कारबाट सम्मानित भए ।

Category:

0 comments